स्पेन । स्पेनको बार्सिलोनामा दीपावली कप फुटबल प्रतियोगिता भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले प्रतियोगिता गरेको हो । प्रतियोगिता उद्घाटन गर्दै गैर आवासीय नेपाली संघ, युरोप क्षेत्रीय संयोजक कुल आचार्यले स्पेनमा नेपालीका समस्या सम्वोधन गर्न संघ प्रयत्नशील रहेको बताए । उनले स्पेनमा दूतावास खोल्न पहल भइरहेको समेत उल्लेख गर्दै त्यहांका नेपालीहरुको एकताबाट आफू प्रभावित भएको बताए ।
यसैबीच, युरोप संयोजक आचार्यले संघको बार्सिलोनास्थित आफ्नै कार्यालय समेत उद्घाटन गरेका छन् । कार्यालय उद्घाटनमा अवसरमा एनआरएनए आइसीसी सदस्य एक राज गिरी, एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङलगायत स्पेनस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तव्य दिएका थिए ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने