लन्डन । लन्डनस्थित नेपाली दूतावासले हालसम्म करिब ३५ हजार एमआरपी (मेसिन रिडेबल पासपोर्ट) जारी गरेको छ ।
दूतावासले एमआरपी लिइ नसकेका नेपाली राहदानी वाहकलाई जतिसक्दो छिटो एमआरपी लिन अपिल समेत गरेको छ ।
अबको करिव तीन साता अर्थात नोभेम्बर २४, २०१५ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियम छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले समयसीमा थोरै भएको जनाउंदै लिन बांकी रहेकालाई बेलैमा आवेदन दिन आग्रह गरेका छन् । ‘अहिले त एक डेढ महिनामै एमआरपी बनेर आइरहेको छ’, क्षेत्रीले भने, ‘छिटो लिइहाल्नुहोला । यदि होम अफिस (गृह मन्त्रालय) मा केस भएर पासपोर्ट साथमा छैन् भने पनि हामीले होम अफिसमा आवेदन दिएको प्रमाण र पासपोर्टको फोटोकपीले प्रक्रिया सहज गरिदिएका छौं ।’
दूतावासले कार्यालय समयमा बढ्दो चाप घटाउन नेपाली समुदायमाझ गएर आफैं एमआरपी फाराम संकलन गर्ने अभियान शुरु गरेको थियो । कार्यवहाक राजदूत क्षेत्रीका अनुसार आयरल्याण्ड, आइसल्याण्ड देखि बेलायतका स्कटल्याण्ड, वेल्स्, नर्दन आयरल्याण्ड, स्वीन्डन, लन्डन, आसफोर्ड, अक्सफोर्ड लगायत नेपाली उल्लेख्य बसोवास गर्ने करिव २५ मुख्य शहरमा गएर फाराम संकलन गरिएको थियो ।
दूतावासमा जनशक्ति अभावबीच थालिएको घर दैलो अभियान प्रभावकारी भएको यूकेस्थित नेपाली समुदायको निष्कर्ष छ । दूतावासको अभियानले विशेष गरि लेख पढ गर्न नजान्ने वृद्धवृद्धा, लन्डन बाहिर टाढा टाढा रहेकालाई यात्रा खर्चमा वचत र फाराम बिग्रने झन्झट नभएर उल्लेख्य फाइदा पुगेको नेपाली समाजका अगुवा सूर्य गुरुङले सुनाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा