लन्डन । लन्डनस्थित नेपाली दूतावासले हालसम्म करिब ३५ हजार एमआरपी (मेसिन रिडेबल पासपोर्ट) जारी गरेको छ ।
दूतावासले एमआरपी लिइ नसकेका नेपाली राहदानी वाहकलाई जतिसक्दो छिटो एमआरपी लिन अपिल समेत गरेको छ ।
अबको करिव तीन साता अर्थात नोभेम्बर २४, २०१५ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियम छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले समयसीमा थोरै भएको जनाउंदै लिन बांकी रहेकालाई बेलैमा आवेदन दिन आग्रह गरेका छन् । ‘अहिले त एक डेढ महिनामै एमआरपी बनेर आइरहेको छ’, क्षेत्रीले भने, ‘छिटो लिइहाल्नुहोला । यदि होम अफिस (गृह मन्त्रालय) मा केस भएर पासपोर्ट साथमा छैन् भने पनि हामीले होम अफिसमा आवेदन दिएको प्रमाण र पासपोर्टको फोटोकपीले प्रक्रिया सहज गरिदिएका छौं ।’
दूतावासले कार्यालय समयमा बढ्दो चाप घटाउन नेपाली समुदायमाझ गएर आफैं एमआरपी फाराम संकलन गर्ने अभियान शुरु गरेको थियो । कार्यवहाक राजदूत क्षेत्रीका अनुसार आयरल्याण्ड, आइसल्याण्ड देखि बेलायतका स्कटल्याण्ड, वेल्स्, नर्दन आयरल्याण्ड, स्वीन्डन, लन्डन, आसफोर्ड, अक्सफोर्ड लगायत नेपाली उल्लेख्य बसोवास गर्ने करिव २५ मुख्य शहरमा गएर फाराम संकलन गरिएको थियो ।
दूतावासमा जनशक्ति अभावबीच थालिएको घर दैलो अभियान प्रभावकारी भएको यूकेस्थित नेपाली समुदायको निष्कर्ष छ । दूतावासको अभियानले विशेष गरि लेख पढ गर्न नजान्ने वृद्धवृद्धा, लन्डन बाहिर टाढा टाढा रहेकालाई यात्रा खर्चमा वचत र फाराम बिग्रने झन्झट नभएर उल्लेख्य फाइदा पुगेको नेपाली समाजका अगुवा सूर्य गुरुङले सुनाए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]