शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: १५:५५ | UK Time: 11:10

सरकारी कार्यालय खुले

वीनेपाली
२०७२ कार्तिक ८ गते १३:०३

2639706075_6ab532d422

काठमाडौँ, ८ कात्तिक । दसैँ बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् ।

आश्विनशुक्ल सप्तमीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन् । सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकामा अहिले विस्तारै चहलपहल बढन् थालेको छ ।

दसैँमा लाखौँको सङ्ख्यामा राजधानीबाट बाहिरिएपछि प्रायः सुनसानजस्तै बनेको काठमाडौँमा भिडभाड बढ्न लागेको छ  । काठमाडौँ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दसँैमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि उपत्यका बाहिर रहेका कतिपय सर्वसाधरणको आउने क्रम भने तिहार तथा छठ पर्वपछिसम्म कायम रहनेछ ।

यसैबीच उपत्यकाका विभिन्न पेट्रोल पम्पमा बिहानैदेखि तेल पाउने आसमा सर्वसाधरण लामबद्ध भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारौँको सङ्ख्यामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सवारी साधनको लाम लागेको छ ।

भद्रकालीदेखि थापाथलीसम्म मोटरसाइकलको लाइन पुगेको छ । त्यस्तै नक्सालस्थित प्रहरी पम्प, साझा पम्पलगायत केही निजी पम्पमा पनि सवारी साधनको लामो लाइन देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक