लन्डन । अहिलेको सर्वाधिक सफल चलचित्र वडा नम्बर ६ आज प्रदर्शन हुने भएको छ । सांझ ६ बजे द इम्पायर हाउस, अल्डरसटमा फिल्म प्रदर्शन हुन लागेको हो । नेपलिज इन्टरटेनमेन्टका लागि वीरेन खड्का र अनिल मल्लले फिल्म बेलायतमा ल्याएका हुन् । खड्कालाई उक्त फिल्म बेलायतभर प्रदर्शन गर्ने अधिकार छ ।
खड्काले दशैं तिहार शुभकामनासहित भरपुर मनोरन्जन दिन वडा नम्बर ६ देखाउन लागिएको जनाएका छन् ।
करिब ८० लाख रुपैयांको लगानीमा बनेको उक्त चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढो), सिताराम कट्टेल (धुर्मुस), विल्सन विक्रम राई (तक्मे बुढो),
राजाराम पौडेल जस्ता चर्चित हास्यंकलाकारसहित अभिनेता नीर शाह, नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दयाहाङ राई लगायतको अभिनय छ ।
हांस्यकलाकारहरुको निर्माण र अभिनय भएपनि माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शक मन जितेको विश्लेषकहरुको भनाइ छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन