लन्डन । अहिलेको सर्वाधिक सफल चलचित्र वडा नम्बर ६ आज प्रदर्शन हुने भएको छ । सांझ ६ बजे द इम्पायर हाउस, अल्डरसटमा फिल्म प्रदर्शन हुन लागेको हो । नेपलिज इन्टरटेनमेन्टका लागि वीरेन खड्का र अनिल मल्लले फिल्म बेलायतमा ल्याएका हुन् । खड्कालाई उक्त फिल्म बेलायतभर प्रदर्शन गर्ने अधिकार छ ।
खड्काले दशैं तिहार शुभकामनासहित भरपुर मनोरन्जन दिन वडा नम्बर ६ देखाउन लागिएको जनाएका छन् ।
करिब ८० लाख रुपैयांको लगानीमा बनेको उक्त चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढो), सिताराम कट्टेल (धुर्मुस), विल्सन विक्रम राई (तक्मे बुढो),
राजाराम पौडेल जस्ता चर्चित हास्यंकलाकारसहित अभिनेता नीर शाह, नायिका प्रियंका कार्की, सन्दिप क्षेत्री, दयाहाङ राई लगायतको अभिनय छ ।
हांस्यकलाकारहरुको निर्माण र अभिनय भएपनि माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शक मन जितेको विश्लेषकहरुको भनाइ छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी