लुम्बिनी (रुपन्देही), ६ कात्तिक । विजया दशमीको सुरुवातसँगै रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिहरु आज विर्सजन गरिएको छ ।
घटस्थापनाको दिन मूर्ति प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले चोकचोकमा अस्थायीरुपमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा गरिएका मूर्तिको आज नजिकका नदीमा लगेर विर्सजन गरिएको हो ।
नेपालमा विजया दशमीको सुरुवातसँगै छिमेकी मुलुक भारतबाट हजारौँको सङ्ख्यामा दुर्गा भवानीका मूर्तिहरु भित्रिएका थिए । भारतीय बजार सुनौलीमा भारतीय रुपैयाँ १० हजारदेखि ६० हजारसम्म मूल्यका मूर्ति नेपाल भित्रिएका थिए ।
तराईका जिल्लामा दुर्गा भवानीको पूजाआजा गर्ने प्रचलन निकै बढी भएका कारण तथा सबैका घरमा दुर्गा भवानीको मूर्ति राखेर पूजा गर्न नसक्ने हुँदा टोलवासी जम्मा भएर सामूहिकरुपमा पूजा गर्न मूर्ति प्रतिस्थापन गर्ने गरिन्छ ।
नेपालमा दुर्गा भवानीको मूर्ति बनाउने दक्ष कालीगढको अभावमा मूर्ति खरिदका लागि मात्रै नेपालबाट करोडाँै रुपैया भारत जाने गर्दछ ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार