लुम्बिनी (रुपन्देही), ६ कात्तिक । विजया दशमीको सुरुवातसँगै रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिहरु आज विर्सजन गरिएको छ ।
घटस्थापनाको दिन मूर्ति प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले चोकचोकमा अस्थायीरुपमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा गरिएका मूर्तिको आज नजिकका नदीमा लगेर विर्सजन गरिएको हो ।
नेपालमा विजया दशमीको सुरुवातसँगै छिमेकी मुलुक भारतबाट हजारौँको सङ्ख्यामा दुर्गा भवानीका मूर्तिहरु भित्रिएका थिए । भारतीय बजार सुनौलीमा भारतीय रुपैयाँ १० हजारदेखि ६० हजारसम्म मूल्यका मूर्ति नेपाल भित्रिएका थिए ।
तराईका जिल्लामा दुर्गा भवानीको पूजाआजा गर्ने प्रचलन निकै बढी भएका कारण तथा सबैका घरमा दुर्गा भवानीको मूर्ति राखेर पूजा गर्न नसक्ने हुँदा टोलवासी जम्मा भएर सामूहिकरुपमा पूजा गर्न मूर्ति प्रतिस्थापन गर्ने गरिन्छ ।
नेपालमा दुर्गा भवानीको मूर्ति बनाउने दक्ष कालीगढको अभावमा मूर्ति खरिदका लागि मात्रै नेपालबाट करोडाँै रुपैया भारत जाने गर्दछ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय