भक्तपुर, ६ कात्तिक । नेपालीका घरघरमा दसैँको रौनकताले छाएपनि भक्तपुरका किसानलाई भने धान काट्नको चटारोले भ्याइनभ्याइ भएको छ ।
दसैँको टीका लगाउन जाने हतारोसँगै यहाँका किसान धान भित्र्याउन व्यस्त देखिन्छन् । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैँको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली–३ की साबित्री बस्नेतले बताए ।
दसैँमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उनले बताए ।
उनी भन्छन्, ‘‘आकाश धुमिलिएको छ, असिना परेर पोहोरसालजस्तै धान झार्ला भन्ने डर छ । दसैँभन्दा धान काट्नै चटारो परेको छ ।’’
अहिले जिल्ला ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, झौखेल, दुवाकोट, चाँगु, छालिङ्ग लगायतका क्षेत्रमा धान पाकेर फाँट नै पहेलोँ देखिएको छ ।
पाकेको धान भित्र्याउने यहाँका किसानलाई चटारो परेको छ । गतवर्ष असिना परेर पाकेको धान झारेपछि किसानहरु पानी पर्ने डरले पनि एक सातादेखि चाडपर्वको पर्वाह नगरी धान काट्न व्यस्त हुन् ।
सूर्यविनायक नगरपालिका नःखेलका शिवराजा खत्रीले दसैँ लागेपनि किसानले धान भित्र्याउन भने नछाडेको बताउनुभयो । उनले भने, ‘‘दिनभरि चाड मनाएर बस्ने फुर्सद हामीलाई छैन, आधा दिन चाडवाडमा रमाउने, आधा दिन खेतमा धान काट्न व्यस्त भएकाले यसपटक कमै मात्र टाढाटाढाका आफन्तकहाँ टीका लाउन जानेछन् ।’’
भूकम्पले धेरैको घर भत्काएर टहरा र छाप्रोमा बास भएकाले कहाँ धान भित्र्याउने भन्ने समस्याले यहाँका किसान चिन्तित छन् । टहरामा धान राख्ने ठाउँ नै नभएपछि कतिपयले खेतबाटै धान बिक्री गर्न थालेका छन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय