
मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालका क्रिकेट टीमका टोली शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।
मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’’
प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उहाँले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताउनुभयो । बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताउनुभयो ।
“अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ,”–उहाँले भन्नुभयो ।
प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको छ, ब्याटिङमा सुधार गर्न जरुरी छ, विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल