लन्डन । साउथ इष्ट लन्डन, प्लमस्टिडमा अवस्थित युरोपकै पहिलो पशुपतिनाथ मन्दिरमा बिहीबार टीका कार्यक्रम भएको छ ।
पंण्डित निलहरी घिमिरे र विनोद पन्थीले भक्तजनहरुलाई टीका र जमरा प्रदान गरेका हुन् ।
बिहान ८. ५५ को शुभ साइतबाट टीका लगाउन शुरु गरिएको थियो । मन्दिरमै राखिएको जमरा र टीका लगाउन पाउंदा सहभागी हर्षित देखिन्थे । उनीहरुले विदेशमा समेत यस्तो परम्परा कायम गरिनुलाई प्रशंसनीय बताए ।
मन्दिर व्यवस्थापनले स्थापनाकालदेखि नै मन्दिमा टीका लगाउने परम्परा शुरु गरेको हो । मन्दिरले पूर्णिमासम्म हरेक दिन बिहान ११ सम्म र बेलुका ५ देखि ८ बजेसम्म टीका कार्यक्रम कायम रहने जनाएको छ ।
टीका कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, ट्रष्टी सदस्य विनोद ज्ञवाली, सदस्य हरि पन्त, श्रीमति सरिता गिरी लगायतले सहयोग गरेका थिए ।
विगत वर्षमा व्यवस्थापनमा केही कमी कमजोरीको आरोप खेपेको मन्दिरले यसपटक भने प्रशंसनीय काम गरेको सहभागीले बताएका थिए । तस्विरहरुः कुशल श्रेष्ठ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव