लन्डन । साउथ इष्ट लन्डन, प्लमस्टिडमा अवस्थित युरोपकै पहिलो पशुपतिनाथ मन्दिरमा बिहीबार टीका कार्यक्रम भएको छ ।
पंण्डित निलहरी घिमिरे र विनोद पन्थीले भक्तजनहरुलाई टीका र जमरा प्रदान गरेका हुन् ।
बिहान ८. ५५ को शुभ साइतबाट टीका लगाउन शुरु गरिएको थियो । मन्दिरमै राखिएको जमरा र टीका लगाउन पाउंदा सहभागी हर्षित देखिन्थे । उनीहरुले विदेशमा समेत यस्तो परम्परा कायम गरिनुलाई प्रशंसनीय बताए ।
मन्दिर व्यवस्थापनले स्थापनाकालदेखि नै मन्दिमा टीका लगाउने परम्परा शुरु गरेको हो । मन्दिरले पूर्णिमासम्म हरेक दिन बिहान ११ सम्म र बेलुका ५ देखि ८ बजेसम्म टीका कार्यक्रम कायम रहने जनाएको छ ।
टीका कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, ट्रष्टी सदस्य विनोद ज्ञवाली, सदस्य हरि पन्त, श्रीमति सरिता गिरी लगायतले सहयोग गरेका थिए ।
विगत वर्षमा व्यवस्थापनमा केही कमी कमजोरीको आरोप खेपेको मन्दिरले यसपटक भने प्रशंसनीय काम गरेको सहभागीले बताएका थिए । तस्विरहरुः कुशल श्रेष्ठ
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा