
राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विजया दशमीको टीका र जमरा प्रदान गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ५ कात्तिक । विजयादशमीको उपलक्ष्यमा आज राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गरेका छन् ।
राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि विजयादशमीको अवसरमा टीका लगाएका छन् ।
नेता देउवाले ससुरा विनोद शमसेर जवरा र सासू प्रतिभा राणासँग, पूर्वप्रम खनालले मातापिता नभएकाले श्रीमती रवीलक्ष्मी चित्रकारलाई र श्रीमतीको हातबाट आफूले टीका लगाएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले ८५ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका अवसरमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभसाइतमा टीका लगाए । ओलीले आफ्नी बुहारी एवम् प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिए ।
प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले बताए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने