हङकङ नेपाली मंच युकेकाे भूकम्प पीडित सहयाेग कार्यक्रम समापन

IMG_9774
लण्डन । हङ्कङबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था हङकङ नेपाली मञ्च यूकेले गत मे र जुन महिनामा रामेछाप जिल्लाको फर्पु गाविसमा शुरु गरेको राहत कार्यक्रम औपचारिक रुपमा समापन गरेको छ ।
महाभूकम्पपश्चात भूकम्पग्रस्त क्षेत्रहरुमा गएर पीडितहरुलाई प्रत्यक्ष भेटी राहत पुर्याउने योजनाअनुरुप मंचका अध्यक्ष बिश्वजंग गुरुङको नेतृत्वमा मञ्चका साधारण सदस्यहरुबाट करिब पाँच लाख रुपैयाँ संकलन भएको थियो । संकलित रकमबाट मंचका सचिब खुशी लिम्बुको नेतृत्वमा मञ्चको एक टोलीले रामेछापको फर्पु गाविसका अति प्रभावित ३० घरपरिवारहरुलाई फलामका छड र जस्ताबाट टहराहरु निर्माण गरेका थिए ।
शुरुमा मन्चले करिब ४० घरपरिवारहरुलाई टहराहरु प्रदान गर्ने भनेता पनि रकम संकलनमा ढिलाई भएपछि गत जुनमा ३० वटा टहराहरु मात्र गाउँवासीहरुलाई हस्तान्तरण गरिएको थियाे ।
वचन गरिएका बाँकी टहराहरु निर्माणका लागि मन्चका सचिव खुशी लिम्बु नेपाल पुगेका हुन् । स्वयम्भुको ठूलो भर्याङस्थित आफ्नै निजी निवासमा लिम्बुले समापन कार्यक्रम आयोजना गरेका थिए ।
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको अवसरमा नेपाल आएका एनआरएन युकेका पदाधिकारीहरु लगायत विभिन्न उच्च ब्यक्तित्वहरुको उपस्थिति रहेको साे कार्यक्रमको अध्यक्षता मन्चका सल्लहकार विजयबिक्रम लिङ्देनले गरेका थिए भने प्रमुख अतिथि एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ थिए ।
कार्यक्रममा रामेछापबासी भूकम्प पीडितहरुका तर्फबाट आदिबासी जनजाती चलचित्र कलाकार महासंघ अध्यक्ष अमृत सुनुवार, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष चिरन शर्मा, तमुधीं युकेका अध्यक्ष सूर्जे गुरुङ, एनआरएन युरोपका कुल आचार्य, थर्क सेन, एनआरएन आइसिसी सदस्यहरु सुष्मा राइ, जयप्रकाश गुरुङ, वाचस्पति रेग्मी लगायतको सहभागिता थियो ।
साे अवसरमा मन्चद्वारा सन्चालित भूकम्प पीडित राहत कार्यक्रममा उल्लेखनीय योगदान पुर्‍याउने दुई जना विशेष ब्यतिहरुलाई सम्मान स्वरुप खादा र प्रमाणपत्र प्रदान गरिएको थियो भने सचिब खुशी लिम्बुले मन्चकै तर्फबाट रामेछापको फर्पू गाविस निवासी भूकम्प पीडितहरुका प्रतिनिधिका रुपमा उपस्थित रहनुभएका अमृत सुनुवारलाई एक लाख रूपियाँको चेक प्रदान गरे  ।
कार्यक्रमपछि अायोजित रात्रीभोजमा लिम्बुले आफ्नो गृह जिल्ला पाँचथरको थर्पू गाविस वडा नं ७ मा अवस्थित सिरिसे निम्न माध्यमिक बिद्यालयको पुनर्निर्माण र माध्यमिक कक्षा सन्चालन अभियान शुरु गर्न एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ, महासचिव विजयबिक्रम लिङ्देन, उक्त गाविसका समाजसेवीहरु अमरबहादुर तावा र भिम बहादुर तावाबाट ब्यानरको अनावरण गराए । भूकम्पबाट भत्किएको उक्त बिद्यालय भवनको पुनर्निर्माण गर्दै माध्यमिक कक्षा समेत सन्चालन गर्न करिब १५ लाख रुपैयाको लागत लाग्ने बताइएको छ ।
 सो रकम नेपाल लगायत संसारका विभिन्न देशहरुमा रहंदै आएका थर्पू गाविसवासीहरु लगायत अन्य माध्यमबाट रकम संकलन हुने र त्यसको शुरुवात आफू बेलायत फर्केपश्चात शुरु गर्ने लिम्बूले बताए । एनआरएन युके अध्यक्ष गुरुङ र महासचिव लिङ्देनले सो विद्यालय भवन पुनर्निर्माण र माध्यमिक कक्षा सन्चालन अभियानलाई एनआरएन युकेले एजेन्डा बनाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री