लण्डन । ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (वीएनएसी) को यस वर्षको वार्षिक प्रवचन साहित्यकार तथा राजनीतिज्ञ विश्वेश्वर प्रसाद कोइरालाका बारेमा हुने भएको छ ।
यही १२ नोभेम्बरमा युनिभर्सिटी अफ लण्डनको द स्कुल अफ ओरेण्टल एण्ड अफ्रिकन स्टडिज (सोअास) मा हुने सो प्रवचनमा यस वर्ष प्राध्यापक डा. अभि सुवेदीले ‘विपी कोइरालाका लेखहरूमा साहित्य, राजनीति र इतिहासको अनौठो संगम’ विषयमा प्रवचन दिने काउन्सिलले जनाएको छ ।
साँझ ५.३० बजे शुरू हुने सो प्रवचन निशुल्क भएको र जोसुकैले भाग लिन सक्ने काउन्सिलका महासचिव डा. कृष्ण अधिकारीले बताए ।
काउन्सिलले हरेक वर्ष प्रवचन अायोजना गर्ने गरेको छ । जसमा एक वर्ष युरोपियन र अर्को वर्ष नेपाली वक्ताले प्रवचन दिने गर्दछन् ।
त्रिभुवन विश्वविद्यालयमा ४० वर्षदेखि अंग्रेजीका प्राध्यापक रहेका डा. अभि सुवेदी साहित्य कला रंगमन्च र राजनीतिका बारेमा अंग्रेजी र नेपाली दुवैमा लेख्दै अाएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित