लन्डन । नेपाली कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष एवं नेपाल ब्रिटेन डट कमका प्रधान सम्पादक चिरन शर्मामाथि फर्जी पत्र बनाएको आक्षेप लगाएको छ ।
समितिको बैठकमै शर्माले नेपाली कांग्रेसको ‘लेटरप्याड’ प्रयोग गरि फर्जी पत्र बनाएको दावी गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।
१८ अक्टोबरमा सम्पन्न बैठकले शर्मा सहित ‘लोक गुरुङ लगायतका मतियारहरु’ लाई आवश्यक कारवाहीका लागि नेपाली कांग्रेस केन्द्रीय समितिसंग सम्पर्क गरि कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको समितिले जनाएको छ ।
समितिका संयोजक तथा जनसम्पर्क समिति विभाग सदस्य विज्ञान प्रसाईंले शर्माले फर्जी पत्र बनाएको प्रमाण आफूहरुसंग भएको जिकिर गर्दै कारवाही गरिने जनाएका छन् । ‘शर्मा समितिको सदस्य भएकाले कांग्रेस पार्टीले आवश्यक कारवाही गर्नेछ भने हामी बेलायतको कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने छौं’, प्रसाईंले भने ।
प्रसाईंका अनुसार, नेपाली कांग्रेस, केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीको हस्ताक्षर रहेको पुरानो पत्रमा नयां ब्यहोरा हालेर इमेलभर भ्रम फैलाइएको थियो । लोक गुरुङको नाममा सम्वोधन गरेर ‘प्रष्ट पारिएको’ भन्दै प्रेषित नक्कली पत्रमा गुरुङलाई नै समितिको सभापतिका हैसियतले आफ्नो कार्य यथावत राख्न निर्देशन दिइएको थियो । पत्रमा बेलायत कांग्रेसको विवाद मिलाउन विज्ञान प्रसाईंलाई संयोजकमात्र तोकिएको उल्लेख थियो ।
केही साता अघि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति, बेलायतको महाधिवेशन आगामी तीन महिनाभित्र गराउन निर्देशन दिएको थियो । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले ११ असोज, २०७२ मा पत्र मार्फत नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य विज्ञान प्रसाईंलाई एकीकृत समितिको संयोजक तोक्दै उक्त निर्देशन दिएका थिए ।
तिवारीले पत्रमा २६ जुलाई, २०१५ मा विभाजित जनसम्पर्क समितिको एकताका लागि प्रसाईंको अध्यक्षतामा लन्डनमा भएको समितिका दुवै पक्षका जिम्मेवार पदाधिकारीहरुको बैठकले निर्णय गरे बमोजिम प्रसाईंलाई नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत समितिको संयोजक तोकिएको जनाएका थिए ।
शर्माले आफू माथिको आरोप सम्वन्धमा कुनै प्रतिक्रिया दिएनन् ।
प्रसाईंको संयोजकत्वमा बसेको बैठकले नेपाली जनसम्पर्क समिति, बेलायतको एकता अधिवेशन आगामी डिसेम्बर २० तारिख गर्ने निर्णय गरेको छ ।
बैठकले एकीकृत समितिलाई दुवै पक्ष (लोक गुरुङ र चेतनाथ खनाल) का ५, ५ जना प्रतिनिधिको सल्लाहमा नोभेम्बर १, २०१५ भित्र पूर्णता दिने र त्यसै दिन दशैं तिहार शुभकामना आदानप्रदान गर्न चियापान गर्ने निर्णय गरेको छ ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट