काठमाडौँ, ३ कात्तिक । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको बैठकले मुलुकमा देखिएको पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट टार्न वैकल्पिक उपायको खोजीका लागि सरकारलाई आग्रह गरेको छ ।
सरकारलाई समर्थन गर्ने विभिन्न ११ दलका शीर्ष नेता सम्मिलित समितिको बैठकले भारतीय सीमा क्षेत्रमा भएको अवरोधका कारण पेट्रोलियम पदार्थको अभावको समस्या समाधानका लागि भारतबाहेक चीन र बङ्गलादेशसँग पनि आवश्यक सम्पर्क बढाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेकपा (संयुक्त) का अध्यक्ष गणेश शाहले वैकल्पिक उपायको खोजी र मुलुकभित्रको स्रोत साधनको उपयोग गर्न तथा आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई निर्देश गर्ने निर्णय गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमण र द्विपक्षीय भेटवार्ताबारे अवगत गराइएको थियो ।
यस्तै, बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने तथा मधेसी मोर्चासँग अनौपचारिक वार्ता पनि अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।
सरकार सञ्चालनमा समन्वयका लागि गत साता एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सो समिति गठन भएको थियो ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]