
काठमाडौँ, ३ कातिक । राष्ट्रपति डा रामवरण यादव नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभयो ।
सो अवसरमा नेपाली सेनाका तर्फबाट राइफल र तोपको बढाइँ गरिएको थियो । राइफल बढाइँअन्तर्गत छिटो लहरे बढाइँ, एकसाथ लहरे बढाइँ, एकठ्ठा बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो । साथै १५ तोपको लहरे र पाँच तोपको एकट्ठा बढाइँ पनि गरिएको थियो ।
सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका सबै गुल्मले एकैसाथ बढाइँ, मार्च पास गर्दै बढाइँ र नेपालको झण्डाको आकृति चिह्न बनाएर बढाइँ प्रस्तुत गरिएको थियो ।
उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कायम मुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, सभामुख ओनसरी घर्तीमगर, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायसँग सम्बद्ध महानुभाव पनि सैनिक मञ्च टुँडिखेल पुगेर पूmलपाती बढाइँको अवलोकन गर्नुभएको थियो ।
यसअघि, राष्ट्रपति डा यादव समारोहस्थल पुग्नुहुँदा प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिसमक्ष नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
फूलपाती बढाइँ समारोह हेर्न सैनिक मञ्चवरपर सर्वसाधारणको भीड लागेको थियो भने सो बढाइँको नेपाल टेलिभिजनलगायतका सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।
यस वर्षको कवाज प्रमुखको जिम्मेवारी सहायकरथी ईश्वर हमालले सम्हाल्नुभएको थियो भने बढाइँ कवाजका गणपति प्रमुख सेनानी गौरव गुरुङ हुनुहुन्थ्यो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल