लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले नेपालका लागि नवनियुक्त बेलायती राजदूत रिचार्ड मोरिससंग विशेष भेटघाट गरेको छ । मोरिसले नेपालका लागि राजदूत नियुक्त भए लगत्तै सम्भवतः पहिलोपटक बीएनसीसी पदाधिकारीलाई भेटको अवसर दिएका हुन् ।
गत १९ अक्टोबर सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित छलफलमा बीएनसीसी पदाधिकारी एवं नेपाल र बेलायतका व्यवसायीहरुको उपस्थिति थियो । राजदूत मोरिससहित अन्य अतिथीहरुलाई बीएनसीसी अध्यक्ष राजन कंडेलले स्वागत गरेका थिए ।
भेटमा आफूहरुले भारतले नेपालमाथि लगाइरहेको अघोषित नाकाबन्दीबारे राजदूत मोरिससमक्ष अवगत गराउंदै यस्तो परिस्थितिमा बेलायत र युरोपेली मुलुकलाई सहयोग गर्न आग्रह गरेको अध्यक्ष कंडेलले जनाए ।
बीएनसीसीका प्रमुख कार्यकारी रिचार्ड पेलीले सञ्चालन गरेको छलफल कार्यक्रममा नेपाली व्यवसायी यादव भण्डारी र रोमनाथ भण्डारीले बेलायत सरकारको अव्यवहारिक नीतिका कारण नेपाली रेष्टुरेन्ट व्यवसायीले भोग्नुपरेका अप्ठेरोबारे अवगत गराएका थिए । उनीहरुले विशेष गरि बाह्य मुलुकबाट सेफ झिकाउन अप्ठेरो परेको सम्वन्धमा गुनासो गरेका थिए ।
छलफलमा राजदूत मोरिसले आफू नेपालमा काम गर्न ज्यादै उत्सुक भएको उल्लेख गर्दै ब्रिटेन नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष पुग्ने तरखर भइरहंदा आफ्नो कार्यकाल शुरु हुनु सुःखद संयोग भएको बताएका थिए ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो