लिभरपुलमा झल्क्यो नेपाल

12166770_10153688531346197_747729266_n

लन्डन । विनाशकारी भूकम्पको ६ महिना बितिसक्दा पनि बेलायतीलाई नेपालको चिन्ताले छाडेको छैन् । उनीहरु त्यो ह्दय विदारक घट्ना अझै झल्झली सम्झन्छन् । भूकम्प प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष सहयोग गरि फर्किएका बेलायती सोमबार सांझ लिभरपुल शहरमा नेपालको भविष्यबारे चिन्ता गर्दै थिए ।

नेपालभर दशैंको माहोल भइरहंदा लिभरपुल बस्ने बेलायती भने भूकम्पमा दिवंगतहरुलाई श्रद्धाञ्जली अर्पण गर्न व्यस्त रहे, दीप प्रज्वलन गरेर नेपालको समृद्धिको कामना गरे ।

लिभरपुल जोन मोर युनिभर्सिटीस्थित जोन लेनन आर्ट बिल्डिङ प्रेक्षालय । बाहिर यत्रतत्र नेपाली झण्डा फहराइरहेका थिए भने हलमा नेपाल झल्कने चित्रहरु टांगिएका थिए । प्रदर्शनीमा भूकम्पपछि बेलायतीले कैद गरेका तस्विरले विगत सम्झाइरहेको थियो । ‘वास्तवमा नेपालको चिन्ता लिने बेलायती अधिक रहेछन्’–कार्यक्रममा सहभागी नारायण अधिकारीले भने ।

हालसम्म २५ पटक नेपाल पुगिसकेकी उक्त विश्वविद्यालयकी प्राध्यापक डा. सारा पार्करको संयोजकत्वमा भूकम्प पीडितलाई सहयोग जुटाउन कार्यक्रम गरिएको हो । कार्यक्रममा बेलायत भन्दा नेपालको बढि चिन्ता गर्ने पार्कर आगामी दिनमा नेपालको शैक्षिक विकासमा थप योगदान कसरी पुर्याउन सकिन्छ सो बारे गम्भीर थिइन् । युनाइट फर नेपाल नाम दिइएको उक्त कार्यक्रम सफल बनाउन डा. के स्ट्याण्डिङ र हाना ओ फारेलले पार्करलाई साथ दिइरहेका थिए ।
यसअघि पार्करकै सक्रियतामा भूकम्प लगत्तै लिभरपुलवासी नेपाली र बेलायती एकत्रित भएर नेपालका लागि २० हजार पाउण्ड भन्दा बढि संकलन गरेका थिए ।

विश्वविद्यालय परिसरमा नेपाल झल्कने चित्रकला प्रदर्शनीसंगै बेलायतस्थित विभिन्न च्यारिटी संस्थाले गरेका कल्याणकारी कामबारे जानकारी आदानप्रदान भइरहेको थियो ।

युनाइट फर नेपाल संस्थाको समन्वयमा कालुराम तामाङले कोरेका नेपाल झल्कने चित्रहरुको प्रदर्शनी आकर्षणको केन्द्रमा रह्यो । तामाङको प्रदर्शनी संयोजन गरेका थिए वीरेन्द्र कार्कीले ।

उक्त विश्वविद्यालयका एसोसिएट डिन प्रा. डा. पदम सिम्खडाले लिभरपुलवासी बेलायती नेपालको सहयोगमा सदैव समर्पित रहेको जनाए । ‘भूकम्प लगत्तै कार्यक्रम गरेर लिभरपुलका नेपाली अनि बेलायतीले उल्लेख्य सहयोग गरे’, सिम्खडा भन्छन्, ‘हामी आगामी दिनमा युनाइट फर नेपाल संस्थाकै संयोजकत्वमा बेलायतस्थित वीज्ञहरुलाई समेटेर नेपाल सम्वन्धि खोज उजागर गर्ने सोचमा छौं ।’

बेलायतका अन्यत्र हुने कार्यक्रममा नेपालीमात्र उल्लेख्य सहभागिता रहने गरेपनि लिभरपुलमा भने नेपाली कार्यक्रम गर्न बेलायती अझ बढि सक्रिय रहेको अनुभव डा. विभा सिम्खडाले सुनाइन् ।

लिभरपुलमा मात्र होइन, बेलायतस्थित नेपाली डायस्पोरालाई क्रियाशिल बनाउने हो भने नेपालको पुनर्निर्माणमा यसले थप टेवा पुग्ने विश्वास छ सोही विश्वविद्यालयमा समाजशास्त्रमा विद्यावारिधि गरिरहेका हिमाल कार्कीको । कार्यक्रममा लिभरपुल होप युनिभर्सिटीको विद्यार्थी युनियनका उपाध्यक्ष प्रणयराज शाक्यले आफ्नो युनिभर्सिटीले पनि छिट्टै नेपालबारे चित्रकला प्रदर्शनी गर्ने जनाए ।

कार्यक्रममा च्यारिटीका लागि विभिन्न सामाग्री विक्री गरिएको थियो । स्याफ्रोन रेष्टुरेन्टबाट ल्याइएको मःममा विदेशी दंग देखिन्थे ।

DSC_4946

 

DSC_4950

प्रतिक्रिया

सम्बन्धित सामाग्री