लन्डन । तमु समाज यूकेले बेलायतमा रहेका नेपाली कलाकारहरुलाई सम्मान गरेको छ । आइतबार गोर्खा स्पाइस वर्ल्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा कलाकारहरु कृष्ण गुरुङ, निता गुरुङ, बिग आइकन मुस्कान रानाभाट र स्थानीय गायक सुजन पराजुलीलाई सम्मान गरेको हो । लोक गायक कृष्ण गुरुङ र गायिका निता गुरुङ देउराली सांझ कार्यक्रमका लागि बेलायत आएका थिए भने मुस्कान निजी भ्रमणका लागि आएकी हुन् । व्यक्तिगत भ्रमणमा रहंदा पनि मुस्कानले अल्डरसट, हन्स्लो र लन्डनका विभिन्न ठाउंमा करिब आधा दर्जन शो गरिन् ।
समाजका अध्यक्ष अर्जुनकुमार गुरुङले उनीहरुलाई खादाले सम्मान गरे । उक्त अवसरमा सम्मानित कलाकारहरुले आ आफ्नो गायन कला प्रस्तुत गरेका थिए । समाजले बिग एफएम पोखराका अध्यक्ष महेश भण्डारीलाई समेत सम्मान गर्यो ।
बिग आइकन मुस्कान रानाभाट तीन साताको बेलायत भ्रमणपछि सोमबार सांझ भण्डारीका साथ नेपाल फर्कंदैछिन् ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान