लन्डन । भूपू गोर्खाहरुले गोर्खा वेलफेयर ट्रष्टले बेलायती संसदमा गर्न लागेको एउटा विशेष कार्यक्रमको विरोधमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
ट्रष्टले ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा आगामी २० तारिख हाउस अफ कमन्स् मा गर्न लागेको विशेष कार्यक्रम विरुद्ध प्रदर्शन तयारी गरेको हो । हाउस अफ कमन्स् मा कार्यक्रम चलिरहंदा गोर्खाहरुले दिउसो २ बजे संसद भवनबाहिर (किङ जोर्ज पांचौंको शालिक अगाडि) प्रदर्शन गर्ने भएका हुन् ।
त्यस अवसरमा आयोजक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले ६ सय ५९ सांसदलाई आफ्ना मागबारे बेग्लाबेग्लै ज्ञापनपत्र समेत दिने कार्यक्रम राखेको छ । प्रदर्शनका बेला केही सांसदले सम्वोधन गर्ने अपेक्षा छ ।
समितिले प्रदर्शनमा करिब ५ सय भूपू गोर्खा र तिनका परिवार सहभागी हुने अपेक्षा गरेको छ । दशैं पर्व परेकाले सहभागिता केही न्यून हुने हो कि भन्ने चिन्ता समितिको छ । ब्रिटिश सेनामा गोर्खा प्रवेशको दुई सय वर्ष गांठका अवसरमा बेलायत र नेपालमा भइरहेका हरेक कार्यक्रमको विरोध र संगै प्रदर्शन समेत गरिरहेको समितिले यस खालको दवाव तथा विरोध प्रदर्शन आगामी अप्रिल २४, २०१६ सम्म जारी रहने जनाएको छ ।
समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले अप्रिल २४, २०१६ सम्म आफ्ना माग सुनुवाइ नभए त्यसै दिन १२ बजेदेखि आमरण अनसन थालिने चेतावनी दिएका छन् । यसअघि पनि समितिले आमरण अनसन गरेपछि बेलायत सरकारले एउटा सर्वदलीय संसदीय छानवीन समिति गठन गरेको थियो । तर, समितिको प्रतिवेदन बमोजिम सरकारले आशा गरे अनुरुप आफ्ना माग पुरा नगरेपछि गोर्खा आन्दोलन चर्कन लागेको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित