लन्डन । क्लब फिफ्टी (५०) यूकेको दोश्रो दशैं कार्यक्रम सम्पन्न भएको छ । १७ अक्टोबर, शनिवार सांझ ब्लु अर्किड रेष्टुरेन्टमा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम खड्का र महासचिव भरत रोकाले दशैंको शुभकामना दिंदै संस्थाको गतिविधिबारे अवगत गराएका थिए ।
कार्यक्रममा सहभागीले एकापसमा शुभकामना आदानप्रदान गर्दै विदेशमा समेत यस्तो कार्यक्रम हुनु सुःखद संयोग भएको बताए । सहभागीले नाचगान समेत गरेर माहोल रोमाण्टिक बनाएका थिए । उक्त अवसरमा ब्लु अर्किड रेष्टुरेन्टका सञ्चालक बल रायमाझीले क्लवको सहयोगार्थ एकसय पाउण्ड सहयोग गरेका छन् ।
संस्थाले धेरै गतिविधि नगरेपनि प्रभावकारी कार्यक्रम गर्दै आएको छ । केही समय अघि भूकम्प पीडितलाई सहयोग गरेको उक्त संस्थाले सर्लाहीको श्री चन्द्र भुजेश्वर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत दश जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।
क्लव फिफ्टी नेपालमा लोकप्रिय संस्था मानिन्छ । यसमा पुलिस, आर्मी सम्वद्ध उच्च ओहोदाका व्यक्ति देखि नेता, व्यवसायी समेत आवद्ध छन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी