लन्डन । बेलायतको एउटा कम्पनीले ह्वीस्की टेष्टिङ शो गरेर नेपालका भूकम्प पीडितलाई करिब ३ करोड ६ लाख रुपैयां दिने निर्णय गरेको छ । अक्टोबर पहिलो साता आयोजित शोमा संकलित २ लाख २५ हजार पाउण्ड नेपालका भूकम्प पीडितका लागि दिने आयोजक ह्वीस्की दि एक्सचेन्जले जनाएको छ ।
विश्वकै महंगो जापनीज सिंगल माल्ट ह्वीस्की करुइजावा १९८३
टेस्टिङ शोमा ४५ जना पारखीले प्रति बोटल ६ हजार पाउण्डका दरले तिरेका थिए ।
संकलित रकम कम्युनिटी एक्सन नेपाल (क्यान), माइती नेपाल, हेल्प नेपाल नेटवर्क, योर वान वीस् र द नेपाल ट्रष्ट नामक च्यारिटी संस्थामार्फत नेपालमा पठाइने कम्पनीका प्राविधिक निर्देशक जय पौडेलले जनाए । थप २ बोटल
ह्वीस्की कम्तीमा २० हजार पाउण्डमा लिलाम विक्री गरेर सतप्रतिशत रकम भूकम्प पीडितलाई पठाइने पौडेलले जनाए ।
ओल्ड बिलिङस्गेटमा आयोजित उक्त शो डेभ ब्रुमले सञ्चालन गरेका थिए । जम्मा ५० बोटलमात्र उत्पादन गरिएको उक्त ह्वीस्कीको बजार भाउ करिब १० हजार पाउण्ड छ ।
शोमा बेल्जियम, जर्मनी, इटली, मोनाको, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन, युक्रेन, चीन, हङकङ, इन्डिया, जापान, ताइवान र अमेरिकाबाट समेत सहभागिता थियो । उक्त कम्पनीले च्यारिटीका लागि सबैभन्दा महंगो ह्वीस्की टेष्टिङ शो गरिएकोलाई गिनिज बुक अफ वोर्ल्ड रेकर्डस् मा समेत दर्ता गर्ने प्रक्रिया शुरु गरेको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै