लन्डन । बेलायत सरकारको प्रतिष्ठित ‘चेभेनिङ छात्रवृत्ति’ मा यूके अध्ययन गर्न आएका नेपाली विद्यार्थीको सम्मानमा लन्डनस्थित नेपाली दूतावासले एक कार्यक्रम गरेको छ । यस वर्ष १९ जना नेपाली विद्यार्थीले बेलायती विदेश मन्त्रालयको खर्चमा एक वर्षे स्नातकोत्तर गर्ने अवसर पाएका छन् ।
शुक्रवार सांझ आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले बेलायत सरकारको खर्चमा प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन अवसर पाउनुलाई ठूलो शैक्षिक उपलव्धि बताए ।
लिड्स विश्वविद्यालयमा इन्टरनेशनल रिलेसन्स् विषय पढ्न शुरु गरेका पत्रकार कोसराज कोइरालाले बेलायती विश्वविद्यालयको अध्ययन अवसरप्रति प्रसन्नता व्यक्त गर्दै शुरुतिर यहांको पठनपाठन शैली नेपाल भन्दा फरक भएकाले घुलमिल हुन केही असहज भएको अनुभव सुनाए ।
बेलायती विश्वविद्यालयमध्ये टप फाइभभित्र पर्ने लन्डन स्कुल अफ इकोनोमिक्स्मा अध्ययनरत श्रेय पौडेलले चेभेनिङ छात्रवृत्तिलाई जीवनकै एउटा उल्लेख्य सफलताको प्रतिक्रिया दिए । जलवायु परिवर्तन विषयमा यूसिएलमा एमए अध्ययनरत विशाल भारद्वाजले बेलायती विश्वविद्यालयको योग्यतापछि यस क्षेत्रमा नेपाल फर्केर थप केही गर्न सकिने विश्वास व्यक्त गरे ।
उनीहरुको सम्मानमा आयोजित रात्रीभोज कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको समृद्धि र विकासको आधार विद्यार्थी रहेको बताउंदै उनीहरुलाई प्रोत्साहित गर्न कार्यक्रम गरिएको जनाए ।
ति विद्यार्थी शनिबार बेलायत सरकारले लन्डन एक्सेलमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । उक्त अवसरमा करिब १५ सय चेभेनिङ फेलो सहभागी हुने अपेक्षा छ ।
बेलायत सरकारको यो छात्रवृत्तिमा अध्ययन गर्न विश्वका करिव एकसय ६० देशका विद्यार्थी ब्रिटिश दूतावास र हाइ कमिसनमार्फत छानिएर यूके आउंछन् ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता