लन्डन । नेपलिज नर्सिंग एसोसिएसन यूकेले ग्रीनवीच बरो काउन्सिलको अनुरोधमा ब्यानकबर्न म्यानर प्राइमरी स्कुलद्धारा आयोजित एसेम्लीमा भूकम्प सम्बन्धि कार्यक्रम प्रस्तुत गरेको छ । नर्सिंग एसोसिएसनकी अध्यक्ष सुशीला कार्की र सचिव सुनिता गौतमले भूकम्प र यसको असरबारे बताउँदै एसोसिएसनले नेपालमा सञ्चालन गरेको परोपकारी स्वास्थ्य शिबिरको बारेमा जानकारी गराएका हुन् ।
उक्त अवसरमा ९० जना विद्यार्थी तथा स्कुलमा कार्यरत शिक्षक शिक्षिकाहरुको पनि उपस्थिति थियो । सोही क्रममा एसोसिएसनले नेपालमा भूकम्प प्रभावित क्षेत्रमा गई औषधि, लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको वृत्ततित्र प्रस्तुत गरिएको थियो । भूकम्पबारे जान्न त्यहाँका विद्यार्थीहरु धेरै उत्सुक एवं जिज्ञासु देखिएको कार्कीले बताइन् । कार्की र गौतमले विद्यार्थीले सोधेका हरेक प्रश्नको उत्तर दिएर भूकम्पबारे प्रष्ट्याएका थिए ।
सोही अवसरमा विद्यार्थीहरुले नर्सिंग एसोसिएसनको सहयोगार्थ हस्त निर्मित फ्रेन्डशीप ब्यान्ड तयार पारेका थिए । अन्त्यमा उनीहरुको यस्तो मानवीय कार्यलाई सह्राहनीय भन्दै सम्झना स्वरुप उपहार दिइएको थियो ।
अध्यक्ष कार्कीले एसोसिएसनले यस्तो परोपकारी कामको निरन्तरता सधैँ दिइरहने जानकारी गराइन् । उनले यस्ता मानवीय परोपकारी कार्य गर्न ग्रीनवीच काउन्सिलले अवसर दिए आफूहरु सधैँ तत्पर रहने विश्वास पनि दिलाएकी थिइन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा