लन्डन । काठमाडौंमा जारी गैर आवासीय नेपाली संघको विश्व सम्मलेनमा गैर आवासीय नेपाली संघ यूकेका पूर्व अध्यक्ष कुल आचार्य गैरआवासीय नेपाली संघ युरोपको संयोजकमा निर्विरोध भएका छन्।
युरोप संयोजक पदका लागि आचार्यको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध बनेका हुन्।
यसअघि संयोजकको उम्मेद्वारी घोषणा गरेका डेनमार्कका सोप सापकोटा नै उनको प्रस्तावक बनेका थिए।
काठमाण्डौमा बुधबारदेखि शुरु भएको एनआरएनएको सातौंअधिवेशनमा निर्विरोध हुने आचार्य नै पहिलो उम्मेदवार हुन्।
यसअघि हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य रहेका आचार्य गएको दश वर्षदेखि एनआरएन अभियानमा सक्रिय छन्।
बेलायतमा होली काउ रेष्टुराँ चेन सन्चालन गरेर एक सफल व्यवसायीको छवि बनाएका आचार्य नेपाल तथा बेलायतमा विभिन्न सामाजिक काममा सघाउने एकजना चर्चित समाजसेवी पनि हुन्।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल