लन्डन । भूकम्प पीडितलाई घर बनाइदिन समाजसेवी महिलाहरुले बस ग्यारेजमा लन्च बेच्ने पृथक जुक्ति निकालेका छन् । भूकम्प पीडितलाई १२५० पाउण्ड बराबरको इको फ्रेण्ड्ली घर बनाउने प्रोजेक्ट ‘होम्स् फर ह्यूम्यानिटी’ का लागि यस्तो तरिका अपनाएकी हुन् मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामाले । लन्डन युनाइटेड आरएटिपी ग्रुपको ८ वटा बस ग्यारेजमा आफैंले घरमा बनाएको लन्च लगेर विक्री गरि आर्थिक रकम जुटाउने उद्देश्य लामाको छ ।
लन्डन युनाइटेडको डबल डेकर रातो बस हांक्ने पहिलो नेपाली महिला चालक रोशना गुरुङको सहयोगमा लामाले यो अभियान थालेकी छन् । हन्स्लो हिथ ग्यारेजकी स्टाफ म्यानेजर डेनिस होगानको अनुमतिले पहिलो दिन हन्स्लो ग्यारेजबाट १२ सय पाउण्ड संकलन भएको लामाले जनाइन् । अब बांकी ७ ग्यारेजमा पनि लन्च लगेर विक्री गरि आर्थिक सहयोग उठाइने छ । जागिरबाट विदा नै लिएर खटिएकी लामालाई आरएस राई, लता कुंवर र रोशना गुरुङले साथ दिएका छन् । यी ८ वटा ग्यारेजले आगामी नोभम्बर ६ मा राफल पनि गरिदिने भएका छन् ।
दुई संस्था मिसन टु हेल्प नेपाल र लक्ष्मी राई (लारा) अध्यक्ष रहेको जुनकिरी इनिसिएटिभ्सले वसन्त चौधरी फाउन्डेशनको सहकार्यमा ‘होम्स् फर ह्यूम्यानिटी’ प्रोजेक्ट अन्तर्गत सिन्धुपाल्चोकमा कम्तीमा २५ वटा घर बनाइदिने योजना बनाएका छन् । यीनै संस्थाले गत महिना फाउण्डेशनका अध्यक्ष वसन्त चौधरीको प्रमुख आतिथ्यमा लन्डनमा एक च्यारिटी डिनर गरि १० हजार पाउण्ड संकलन गरेका थिए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित