लण्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले आइतबार सांझ प्लमस्टिडस्थित एजियन कम्युनिटी हलमा दशैं तिहार कार्यक्रम गरेको छ । केही महिनाअघिमात्र स्थापित उक्त संस्थाको पहिलो सार्वजनिक कार्यक्रम भएपनि हल खचाखच थियो । दशैं तिहार शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा साउथ इष्टबाट एनआरएनए यूकेमा निर्वाचित ११ जना पदाधिकारीहरुलाई विशेष सम्मान समेत गरियो ।
कार्यक्रममा ग्रीनवीच क्षेत्रका सांसद म्याथ्यू पेनिकुक, स्थानीय काउन्सिलरहरु, होम अफिसकी प्रतिनिधि, एनआरएनए यूकेका नवनिर्वाचित उपाध्यक्ष दासुराम पाण्डे, सचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष दीपक श्रेष्ठ, युवा संयोजक हरि आचार्य, प्रवक्ता खुशी लिम्बु, पूर्व अध्यक्ष महेन्द्र कंडेल, आइसीसी सदस्य विनोद ज्ञवालीलगायत विशिष्ट अतिथी र सयौं नेपाली सहभागी थिए ।
दुई चरणमा सञ्चालित उक्त कार्यक्रम नेपाल तथा बेलायत दुवै देशका राष्ट्रिय गानहरु बजाइएपछि अगाडि बढेको थियो । कार्यक्रमका प्रमुख अतिथी सांसद पेनिकुकले सोसाइटीको ब्यानर अनावरण गरेर संस्थाको विधिवत उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सांसद पेनिकुकले नेपाली समुदाय साउथ इस्ट लण्डन र ग्रिनवीच क्षेत्रका लागि अभिन्न अंग रहेको बताए । नेपाली समुदायबीचको एकता र सामुदायिक हितको भावना उदाहरणीय पाएको भन्दै उनले प्रशंसा पनि गरे । सोसाइटीका प्रमुख सल्लाहकार एलएन पाण्डेले सोसाइटी स्थापनाको पृष्ठभूमि र यसका लक्ष्यबारे प्रष्ट्याएका थिए ।
त्यस्तै सोसाइटीले कार्यक्रमलाई प्रायोजन गरे वापत समाजसेवी व्यवसायी मोहन गुरुङ, समुदायमा सधंै सक्रिय र अग्रणी भूमिका खेलेका युवा समाजसेवी जिवन सेन र सोसाइटीको स्थापनाकालदेखि नै आइटीसम्बन्धी सम्पूर्ण काम निःशुल्क गरिदिने प्रकाश महर्जन अबिलाई सांसद पेनिकुकले सम्मान गरे ।
सोसाइटीका कार्यवाहक अध्यक्ष हरिगोविन्द गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव खुशी लिम्बुले सञ्चालन गरेका थिए । उक्त अवसरमा उपाध्यक्ष देवेन श्रेष्ठले शुभकामना मन्तव्य दिए ।
कार्यक्रमको दोस्रो चरणमा सूर्य गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए, जसमा मुख्य आकर्षण बनिन् बिग आइकन मुस्कान रानाभाट । पोखराको बिग एफएमले वर्षेनी गर्ने गायन प्रतियोगिताकी विजेता मुस्कानले गाएका गीतहरु सहभागीले निकै रुचाए । मुस्कानले गाइरहंदा कैयौं दर्शक मुस्कानसंगै गाएर नाचेका देखिन्थ्यो ।
सुशील प्रजापतिको संयोजनमा भएको सांस्कृति कार्यक्रममा जेनी भट्टराई, प्रमिला केसी लगायतको आकर्षक नृत्य तथा गीतहरुले दर्शक मन जित्यो । कार्यक्रमको अन्त्यमा डिजे हेम विष्टले विभिन्न नेपाली तथा हिन्दी गीतहरुमा सहभागीलाई नचाए ।
कार्यक्रम सोसाइटीका कोषाध्यक्ष ह्यारी गुरुङको संयोजनमा भएको हो । गुरुङले प्रवासमा रहेका नेपालीलाई यस खालका सांस्कृतिक कार्यक्रमले मनोरन्जन दिने मात्र नभई नेपाली कला संस्कृतिको जर्गेना समेत हुने बताए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त