लण्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले आइतबार सांझ प्लमस्टिडस्थित एजियन कम्युनिटी हलमा दशैं तिहार कार्यक्रम गरेको छ । केही महिनाअघिमात्र स्थापित उक्त संस्थाको पहिलो सार्वजनिक कार्यक्रम भएपनि हल खचाखच थियो । दशैं तिहार शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा साउथ इष्टबाट एनआरएनए यूकेमा निर्वाचित ११ जना पदाधिकारीहरुलाई विशेष सम्मान समेत गरियो ।
कार्यक्रममा ग्रीनवीच क्षेत्रका सांसद म्याथ्यू पेनिकुक, स्थानीय काउन्सिलरहरु, होम अफिसकी प्रतिनिधि, एनआरएनए यूकेका नवनिर्वाचित उपाध्यक्ष दासुराम पाण्डे, सचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष दीपक श्रेष्ठ, युवा संयोजक हरि आचार्य, प्रवक्ता खुशी लिम्बु, पूर्व अध्यक्ष महेन्द्र कंडेल, आइसीसी सदस्य विनोद ज्ञवालीलगायत विशिष्ट अतिथी र सयौं नेपाली सहभागी थिए ।
दुई चरणमा सञ्चालित उक्त कार्यक्रम नेपाल तथा बेलायत दुवै देशका राष्ट्रिय गानहरु बजाइएपछि अगाडि बढेको थियो । कार्यक्रमका प्रमुख अतिथी सांसद पेनिकुकले सोसाइटीको ब्यानर अनावरण गरेर संस्थाको विधिवत उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सांसद पेनिकुकले नेपाली समुदाय साउथ इस्ट लण्डन र ग्रिनवीच क्षेत्रका लागि अभिन्न अंग रहेको बताए । नेपाली समुदायबीचको एकता र सामुदायिक हितको भावना उदाहरणीय पाएको भन्दै उनले प्रशंसा पनि गरे । सोसाइटीका प्रमुख सल्लाहकार एलएन पाण्डेले सोसाइटी स्थापनाको पृष्ठभूमि र यसका लक्ष्यबारे प्रष्ट्याएका थिए ।
त्यस्तै सोसाइटीले कार्यक्रमलाई प्रायोजन गरे वापत समाजसेवी व्यवसायी मोहन गुरुङ, समुदायमा सधंै सक्रिय र अग्रणी भूमिका खेलेका युवा समाजसेवी जिवन सेन र सोसाइटीको स्थापनाकालदेखि नै आइटीसम्बन्धी सम्पूर्ण काम निःशुल्क गरिदिने प्रकाश महर्जन अबिलाई सांसद पेनिकुकले सम्मान गरे ।
सोसाइटीका कार्यवाहक अध्यक्ष हरिगोविन्द गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव खुशी लिम्बुले सञ्चालन गरेका थिए । उक्त अवसरमा उपाध्यक्ष देवेन श्रेष्ठले शुभकामना मन्तव्य दिए ।
कार्यक्रमको दोस्रो चरणमा सूर्य गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए, जसमा मुख्य आकर्षण बनिन् बिग आइकन मुस्कान रानाभाट । पोखराको बिग एफएमले वर्षेनी गर्ने गायन प्रतियोगिताकी विजेता मुस्कानले गाएका गीतहरु सहभागीले निकै रुचाए । मुस्कानले गाइरहंदा कैयौं दर्शक मुस्कानसंगै गाएर नाचेका देखिन्थ्यो ।
सुशील प्रजापतिको संयोजनमा भएको सांस्कृति कार्यक्रममा जेनी भट्टराई, प्रमिला केसी लगायतको आकर्षक नृत्य तथा गीतहरुले दर्शक मन जित्यो । कार्यक्रमको अन्त्यमा डिजे हेम विष्टले विभिन्न नेपाली तथा हिन्दी गीतहरुमा सहभागीलाई नचाए ।
कार्यक्रम सोसाइटीका कोषाध्यक्ष ह्यारी गुरुङको संयोजनमा भएको हो । गुरुङले प्रवासमा रहेका नेपालीलाई यस खालका सांस्कृतिक कार्यक्रमले मनोरन्जन दिने मात्र नभई नेपाली कला संस्कृतिको जर्गेना समेत हुने बताए ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण