लण्डन । पूर्व गाेरखा सैनिक चित्रबहादुर राना मगर वाेकिङ काउन्सिलकाे काउन्सिलरमा निर्वाचित भएका छन् ।
८ अक्टाेबरमा भएकाे उपचुनावमा पूर्व गाेरखा मेजर राना मगर गाेल्डवर्थ वेष्ट वडाबाट निर्वाचित भएका हुन् ।
कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदार रहेका रानामगरले ३६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी क्रिस्टिना जुडिथ लिडिङटनले ३४९ मत प्राप्त गरेकी थिइन् भने लेबाेरका सहीनले १०५ मत र युके इन्डिपेण्डेण्ट पार्टीका टाेनी डी लियाेनले ९७ मत पाएकी थिइन् ।
कुल ३ हजार ६८७ मतदाता रहेकाे साे वडामा ९२१ मत खसेकाे थियाे ।
स्याङजा स्थायी घर भएका रानाले भने अाफ्नाे जीत सामान्य भएकाे प्रतिक्रिया दिए । ‘जाेकाेही पनि उम्मेदवार हुन र निर्वाचित हुन सक्छ । त्यसैले मैले यसलाइ उपलब्धि मानेकाे छैन । नेपालकाे माहाैल हेर्दा हर्षाेल्लास गर्नुपर्ने पनि अावश्यकता देख्दिनँ’ उनले भने ।
बेलायतमा बसाेबास बढ्दै जाँदा नेपालीहरू स्थानीय राजनीतिमा सक्रिय हुने क्रम बढ्दाे छ । हाल करिब १० जना काउन्सिलर छन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची