लन्डन । यो सप्ताहन्त लन्डनको एउटा प्रेक्षालयमा एकै ठाउं झुल्किए नेपालका वरिष्ठ साहित्यकारहरु । यहां बिरलै जुर्ने त्यस्तो साहित्यिक माहोलमा थिए आयामेली कवि बैरागी काईंला, मदन पुरस्कार विजेता राजन मुकारुङ, साहित्यकार तथा पूर्वमन्त्री बलदेव मजगैंया एवं साहित्यकारहरु वियोगी बुढाथोकी र राजकुमार दिक्पाल ।
अन्तर्राष्ट्रिय बाङ्मय प्रतिष्ठान बेलायतले उल्लेखित श्रेष्ठाहरुलाई नेपाली बाङ्मयको उत्थानका लागि विशेष योगदान गरेकामा सम्मान गरिरहंदा उनीहरुले निष्कर्ष निकाले, बेलायत नेपाली साहित्यको उर्वरभूमि रहेछ ।
सम्मानित आयामेली कवि काईंलाले जीवन दर्शनको चर्चा गरिरहंदा आफू सम्मान पाउन लायक होइन, बरु बेलायतस्थित नेपाली साहित्यकारहरुले साहित्यिक भूमिलाई मलजल गरेर ठूलो गुन लगाएको जनाए ।
साहित्यकारहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पनि प्रशंसाका केही शब्द खर्चिए । भने, नेपाली भाषा, साहित्य र संस्कृतिको सरंक्षणमा नेपालीको भूमिका अहंम छ । क्षेत्री साहित्यिक जिम्मेवारी बेलायतको दोश्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा केन्द्रित थिए ।
मदन पुरस्कार विजेता राजन मुकारुङले सामाजिक न्यायका सन्दर्भबाट लेखिएका आख्यानले अहिले चर्चा बटुल्दै गएको बताए भने मुक्तककार वियोगी बुढाथोकीले बेलायतमा मुक्तक लेख्ने नेपाली श्रष्टाहरुदेखि आफू प्रभावित भएको बताए । उनलाई बेलायतका उर्जाशील प्रतिभाले गर्दा नेपाली साहित्य मौलाएको लागेको छ ।
साहित्यकार तथा पूर्वमन्त्री बलदेव मजगैयांले साहित्य राजनीतिबाट निरपेक्ष रहन नसक्ने उल्लेख गरे । पत्रकार तथा साहित्यकार राजकुमार दिक्पालले नयां प्रविधिले साहित्यिक पत्रिकाहरु लोप हुन लागेको चर्चा गर्दै साहित्य लेखेर मात्र नभई प्रकाशित समेत हुनु पर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय बाङ्मय प्रतिष्ठान, बेलायतका अध्यक्ष विकलचन्द्र आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोपी सापकोटाले स्वागत गर्दै नेपाली डायास्पोरा साहित्य र नेपालको मुलधार साहित्यको सम्बन्ध अरु घनीभूत हुनुपर्ने औंल्याए ।
प्रतिष्ठानकी महासचिव जया राईका भनाइमा यस्ता वरिष्ठ साहित्यकारहरुको बेलायत आगमन नेपाली डायास्पोरिक साहित्य उत्थानका लागि महत्वपूर्ण हुनेछ ।
कार्यक्रमका लागि स्कटल्याण्डदेखि आएका साहित्यकार डा. सोहन घिमिरेले मुर्चुङ्गा र बिनायो बजाएर मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा नेपाल प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष दयाकृष्ण राई, नेपाली साहित्य विकास परिषद बेलायतका कार्यवहाक अध्यक्ष कोमल मल्ल श्रेष्ठ, गोर्खाली समाज बेलायतका अध्यक्ष भरत रोका, साहित्यकार सागर सिलवाल, नारायण गाउंले, भगिरथ योगी, गोविन्द बेल्वासे, भोज बराल, अप्सरा खुलाल, सुमाया राई, नरेश काङमाङ लगायत श्रस्टाहरुले आ आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रमको अर्को भागमा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले वाचन गरेको अवोला साहित्यकार झमक घिमिरेको कृति जीवन कांडा कि फूलको अडियो कितावको वरिष्ठ साहित्यकार बैरागी काईंलाले विमोचन गरे । यसअघि नेपालमा काईंलाले नै उक्त अडियो बुक विमोचन गरेका थिए ।
कार्यक्रममा सचिव नारायण अधिकारी तथा सदस्यहरु कुश बस्नेत, अशोक ढकाल, प्रमोद टन्डन, निर्मला सापकोटा, नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्की, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेश मोक्तान, एनआरएनए यूकेका च्यारिटी कोअर्डिनेटर सनत गुरुङ लगायत साहित्यप्रेमीहरुको उल्लेख्य उपस्थिति थियो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी