लण्डन । दुःखमा परेका नेपालीहरुको संकटको साथी बन्दै आएकी बनेकी बेलायतकी इशा गुरुङले दृष्टिविहिन दम्पतीलाई आर्थिक सहयोग गरेकी छिन् ।
अछाम तल्चा–६ स्थायी घर भइ भक्त्तपुर सानोठिमीमा बस्दै आएका दृष्टिविहिन दम्पती सुशिल थापा र सुनिता थापालाई उनले १ लाख ११ हजार रूपियाँ आर्थिक सहयोग गरेकी हुन् ।
दृष्टिविहिन दम्पती विनाशकारी भूकम्पबाट पीडित छन् ।
बेलायतमा बसोबासरत गुरुङले पठाएको आर्थिक सहयोग आइतबार प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष रामशरण सिम्खडाले काठमाडौंमा हस्तान्तरण गरे ।
यसअघि पनि मञ्च मार्फत गुरूङले संकटमा परेका थुप्रैलाई सहयोग गरेको अध्यक्ष सिम्खडाले बताए ।
‘संकटमा परेकाहरुलाई उहाँले धेरै ठूलो सहयोग गर्दै आउनुभएको छ, यसअघि ५० औं लाख सहयोग गरिसक्नु भएको छ’ उनले भने,‘यो उहाँको सातौ सहयोग हो ’ ।
अध्यक्ष सिम्खडाका अनुसार दृष्टिविहिन दम्पती मनैबत्ती–अगरबत्ती बनाएर जीवन धान्दै आएका थिए । तर, गत वैसाख २९ गते गएको दोस्रो ठूलो विनाशकारी भूकम्पले उनीहरुको रोजीरोटीको बाटो ध्वस्त बनाइदिएको छ ।
यसअघि नायिका शर्मिला मल्ल र नायक कृष्ण मल्ल दम्पतीले उनीहरुलाई १० हजार रूपियाँ सहयोग गरेका थिए । मल्ल दम्पतीले सहयोग गरेको समाचार प्रकाशित भएपछि इशाले पनि सहयोग जुटाइदिएकी हुन् ।
पोखरा स्थायी घर भएकी संकटको साथी गुुरुङ कुनै अर्बपति भने होइनन् । तर, अहिलेसम्म इशाले संकटमा परेकाहरुलाई ४३ लाखभन्दा बढी सहयोग गरिसकेकी छिन् ।
कसैलाई संकट परेको समाचार थाहा पाएपछि सहयोगको आह्वान गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनी पोष्ट गर्छिन् । इशाको पोष्ट हेरेपछि मनकारीहरुले आर्थिक सहयोग गर्ने गरेका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने