लन्डन । तमुधिं यूकेले बेलायतका एकजना चर्चित समाजसेवी सूर्य गुरुङलाई तमुधिं अवार्ड प्रदान गरेको छ । गुरुङलाई शनिवार सांझ ओकफार्म कम्युनिटी स्कुलमा आयोजित भव्य च्यारिटी कार्यक्रमबीच तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले उक्त अवार्ड प्रदान गरेका हुन् ।
बेलायतको अग्रणी जातीय संस्था तमुधिं यूकेका वर्तमान सल्लाहकार गुरुङ उक्त संस्थाका संस्थापक कोषाध्यक्ष एवं महासचिव भएर काम गरिसकेका छन् । संस्था र समाजका लागि उल्लेखनीय योगदान गरेवापत गुरुङलाई अवार्ड प्रदान गरिएको तमुधिं यूकेले जनाएको छ ।
पोखराको पिएन क्याम्पसबाट स्नातक गरेलगत्तै २२ वर्ष अघि बेलायत प्रवेश गरेका गुरुङको समाजसेवाको लामै फेहरिस्त छ ।
उनकै संयोजकत्वमा सन् २००४ मा पोखरा रंगशाला निर्माण गर्न बेलायतबाट ४७ लाख रुपैयां पठाइएको थियो । गुरुङको संयोजकत्वमा सन् २०१३ मा हेल्प नेपाल नेटवर्कका लागि एक करोड २० लाख रुपैयां संकलन गरिएको थियो ।
उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेस, फार्नबोरोमा च्यारिटी गरेर १५ लाख रुपैंया पीडितलाई प्रदान गरेका थिए । उक्त रेष्टुरेन्टले च्यारिटी गरेर हालसम्म ६० लाख रुपैयां विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ । उनी भूकम्पपछि लन्डनस्थित नेपाली दूतावासको संयोजकत्वमा गठित नेपाल ब्रिटेन राहत तथा उद्दार कोषको आर्थिक संयोजक थिए ।
एनआरएनए यूकेका पूर्व अध्यक्ष गुरुङले संघमा कोषाध्यक्ष भएका बेला कोशी बाढी पीडितको सहयोगार्थ गरिएको आर्थिक संकलन अभियानमा संयोजक भएर १४ लाख रुपैयां नेपाल पठाएका थिए । संयोजककै हिसावले डोल्मा बचाउ अभियानमा पनि उनले ५ लाख रुपैयां उठाए ।
त्यसैगरि, एनआरएनए यूके उपाध्यक्ष छंदा वेलफेयर कोअर्डिनेटर भएर उनले धेरै कल्याणकारी काम गरे भने अध्यक्ष हुंदा नेपालको त्रिभुवन विमानस्थलमा ट्रली पुर्याउने देखि माइती नेपाल लगायत विभिन्न संस्था र व्यक्तिलाई समेत आर्थिक सहयोग उपलव्ध गराए । अध्यक्षको कार्यकालमा उनले दोहोरो नागरिकता अभियानमा अन्तर्राष्ट्रिय समन्वय परिषदसंग सहकार्य गरेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कानुनवीद लगायत विभिन्न दलका शीर्षस्थ नेताहरुसंग भेटेर उक्त मुद्दाको दरिलो खाका प्रस्तुत गर्दै दवाव दिन सक्रिय भूमिका निर्वाह गरे ।
सम्मान भन्दा कर्ममा विश्वास गर्ने उनी यसअघि नेपलिज युथ फोरमको प्राइड अफ नेपाल, नेपाल ब्रिटेन डटकमको लगातार दुईपटक टपटेन उत्कृष्ट अवार्ड र गत वर्ष सहारा यूकेको स्पेशल अवार्डबाट सम्मानित भए । उनलाई बेलायतमा अधिकांशले च्यारिटी किङको संज्ञा पनि दिएका छन् ।
समारोहमा तमुधिं यूकेले क्या. तीर्थमान गुरुङ र ले. चन्द्र गुरुङलाई समेत अवार्ड दिएको छ ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा