लन्डन । बेलायतको डरहाम गिर्जाघरले भूकम्प पीडित परिवार र वृद्ध भूपू गोर्खाहरुका लागि एक च्यारिटी कन्सर्ट गरेको छ ।
ब्रिगेड अफ दि गोर्खाज् ब्याण्डको प्रस्तुति र सेकेन्ड बटालियन, दि रोयल गोर्खा राइफल्स् को पाइप र ड्रमको धुनमा आयोजित च्यारिटीबाट संकलित रकम गोर्खा वेलफेयर ट्रष्टमार्फत नेपालमा खर्च गरिने गिर्जाघरले जनाएको छ ।
विगत १५ वर्ष यता यस खालको कन्सर्ट गरेर गिर्जाघरले एकलाख ५० हजार पाउण्ड संकलन गरिसकेको छ ।
कन्सर्ट प्रायोजन गरेको शेरउड्स कार डिलरसीपका प्रवन्ध निर्देशक अलासडेयर म्याक कोनाचीले आफ्नो स्वर्गीय पिताले बर्मामा ५ औं गोर्खा बटालियनको कमाण्ड लिएको स्मरण गर्दै भूपू गोर्खाहरुका लागि समर्पित उक्त च्यारिटी विशेष भएको जनाए ।
कार्यक्रम आयोजक गोर्खा वेलफेयर ट्रष्ट, योर्कसायर शाखाका लेफ्टिनेन्ट कर्णेल किथ राइडिङले गोर्खाहरुले ब्रिटेनको रक्षार्थ दुई सय वर्ष देखि लडिरहेको जनाउंदै उनीहरुप्रति सम्मान गरिनुपर्ने उल्लेख गरे ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ