लन्डन । बेलायतको डरहाम गिर्जाघरले भूकम्प पीडित परिवार र वृद्ध भूपू गोर्खाहरुका लागि एक च्यारिटी कन्सर्ट गरेको छ ।
ब्रिगेड अफ दि गोर्खाज् ब्याण्डको प्रस्तुति र सेकेन्ड बटालियन, दि रोयल गोर्खा राइफल्स् को पाइप र ड्रमको धुनमा आयोजित च्यारिटीबाट संकलित रकम गोर्खा वेलफेयर ट्रष्टमार्फत नेपालमा खर्च गरिने गिर्जाघरले जनाएको छ ।
विगत १५ वर्ष यता यस खालको कन्सर्ट गरेर गिर्जाघरले एकलाख ५० हजार पाउण्ड संकलन गरिसकेको छ ।
कन्सर्ट प्रायोजन गरेको शेरउड्स कार डिलरसीपका प्रवन्ध निर्देशक अलासडेयर म्याक कोनाचीले आफ्नो स्वर्गीय पिताले बर्मामा ५ औं गोर्खा बटालियनको कमाण्ड लिएको स्मरण गर्दै भूपू गोर्खाहरुका लागि समर्पित उक्त च्यारिटी विशेष भएको जनाए ।
कार्यक्रम आयोजक गोर्खा वेलफेयर ट्रष्ट, योर्कसायर शाखाका लेफ्टिनेन्ट कर्णेल किथ राइडिङले गोर्खाहरुले ब्रिटेनको रक्षार्थ दुई सय वर्ष देखि लडिरहेको जनाउंदै उनीहरुप्रति सम्मान गरिनुपर्ने उल्लेख गरे ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक