काठमाडौँ, २३ असोज । एकीकृत नेकपा(माओवादी)ले सर्तसहित नेकपा(एमाले)का उम्मेदवारलाई प्रधानमन्त्रीमा विजयी गराउन सहयोग गर्ने भएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले पार्टीले अगाडि सारेका आठबुँदे सर्तलाई पूरा गर्न र सकेसम्म सहमतिको वातावरण बनाउनसमेत आग्रह गरेको छ ।
संविधान घोषणा भएपछिको मुलुकको अवस्था र संविधानको सहज कार्यान्वयनका लागि सबै दलबीच एकताको आवश्यकता रहेको भन्दै एमाओवादीले दलहरूबीचको एकता र विश्वासलाई टुट्न दिन नहुनेमा जोड दिएको छ ।
प्रमुख दलहरूबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति गर्दा भद्र सहमतिको रुपमा राष्ट्रिय सहमतिको सरकार एमालेको नेतृत्वमा गठन गर्ने भन्ने भएको स्मरण गर्दै सो सहमतिमा अडिनसमेत सम्बद्ध राजनीतिक दललाई बैठकले आग्रह गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विगतको सहमति र विश्वासको आधारमा अगाडि बढ्न प्रमुख राजनीतिक दललाई आग्रह गर्दै एमालेका उम्मेदवारलाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।
एमाओवादीले राष्ट्रियता, जनजीविका, तराई–मधेसमा देखिएको असन्तुष्टि, थारु, मधेसी, आदिवासी, जनजाति समुदायको मागलाई सम्बोधन गर्नुपर्ने र भूकम्पपछिको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्नेलगायत आठबुँदे सर्त अगाडि सारेको छ ।
संविधानको सहज कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिँदै एमाओवादीका महासचिव कृष्णबहादुर महराले त्यसका प्रमुख राजनीतिक दलबीच कम्तीमा पनि पाँच वर्ष सहकार्य हुनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]