काठमाडौँ, २३ असोज । एकीकृत नेकपा(माओवादी)ले सर्तसहित नेकपा(एमाले)का उम्मेदवारलाई प्रधानमन्त्रीमा विजयी गराउन सहयोग गर्ने भएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले पार्टीले अगाडि सारेका आठबुँदे सर्तलाई पूरा गर्न र सकेसम्म सहमतिको वातावरण बनाउनसमेत आग्रह गरेको छ ।
संविधान घोषणा भएपछिको मुलुकको अवस्था र संविधानको सहज कार्यान्वयनका लागि सबै दलबीच एकताको आवश्यकता रहेको भन्दै एमाओवादीले दलहरूबीचको एकता र विश्वासलाई टुट्न दिन नहुनेमा जोड दिएको छ ।
प्रमुख दलहरूबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति गर्दा भद्र सहमतिको रुपमा राष्ट्रिय सहमतिको सरकार एमालेको नेतृत्वमा गठन गर्ने भन्ने भएको स्मरण गर्दै सो सहमतिमा अडिनसमेत सम्बद्ध राजनीतिक दललाई बैठकले आग्रह गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विगतको सहमति र विश्वासको आधारमा अगाडि बढ्न प्रमुख राजनीतिक दललाई आग्रह गर्दै एमालेका उम्मेदवारलाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।
एमाओवादीले राष्ट्रियता, जनजीविका, तराई–मधेसमा देखिएको असन्तुष्टि, थारु, मधेसी, आदिवासी, जनजाति समुदायको मागलाई सम्बोधन गर्नुपर्ने र भूकम्पपछिको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्नेलगायत आठबुँदे सर्त अगाडि सारेको छ ।
संविधानको सहज कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिँदै एमाओवादीका महासचिव कृष्णबहादुर महराले त्यसका प्रमुख राजनीतिक दलबीच कम्तीमा पनि पाँच वर्ष सहकार्य हुनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक