काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति सुशील कोइरालाले छुट्टा छुटै रुपमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् । दुबैले नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता शनिबार गराएका हुन् ।
ओली र कोइरालाले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर पुगेर प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराएका थिए । ओलीको प्रस्तावकमा एमाओबादी अध्यक्ष प्रचण्ड छन् भने समर्थकमा राप्रपा अध्यक्ष कमल थापा छन् । कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा छन् भने समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् ।
काँग्रेसको आज बिहान बसेको केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उम्मेदवारी दर्ता गराइएको काँग्रेसले जनाएको छ । राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर आएलगत्तै कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
व्यवस्थापिका–संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अहराह्न ४ बजेसम्म प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउने समयसीमा दिएको छ । उम्मेदवारी दर्ता गराउने समयसीमा सकिएलगत्तै अपराह्न ४।३० बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यसूची छ ।
आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको उम्मेदवारको समर्थक र प्रस्तावकले धारणा राखेपछि मतदान प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो