काठमाडौँ, २१ असोज । नेकपा (एमाले)ले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई बिहीबार आग्रह गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले आज साँझ राप्रपा नेपाल केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर सो पार्टीका अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।
एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
उक्त भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सचिव प्रदीप ज्ञवाली सहभागी थिए ।
राप्रपा नेपालका अध्यक्षसहितका पदाधिकारी सो भेटमा सहभागी थिए । राप्रपाका तर्फबाट अध्यक्ष थापा, उपाध्यक्ष टङ्क ढकाल, धवलशम्शेर राणा थिए ।
यसैबीच पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बिहान ९ बजे बस्ने सो बैठकले अब बन्ने नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारेमा सैद्धान्तिक टुङ्गो लगाउने, मुलुकको पछिल्लो राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल गर्नेछ ।
संविधान जारी भएपछि अब पार्टीले अपनाउनुपर्ने रणनीति तथा नाकाबन्दीले जनजीवनमा पारेको प्रभावका बारेमा मूल्याङ्कन तथा छलफल गरिने पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ