काठमाडौँ, २१ असोज । नेकपा (एमाले)ले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई बिहीबार आग्रह गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले आज साँझ राप्रपा नेपाल केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर सो पार्टीका अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।
एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
उक्त भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सचिव प्रदीप ज्ञवाली सहभागी थिए ।
राप्रपा नेपालका अध्यक्षसहितका पदाधिकारी सो भेटमा सहभागी थिए । राप्रपाका तर्फबाट अध्यक्ष थापा, उपाध्यक्ष टङ्क ढकाल, धवलशम्शेर राणा थिए ।
यसैबीच पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बिहान ९ बजे बस्ने सो बैठकले अब बन्ने नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारेमा सैद्धान्तिक टुङ्गो लगाउने, मुलुकको पछिल्लो राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल गर्नेछ ।
संविधान जारी भएपछि अब पार्टीले अपनाउनुपर्ने रणनीति तथा नाकाबन्दीले जनजीवनमा पारेको प्रभावका बारेमा मूल्याङ्कन तथा छलफल गरिने पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा