
नेपाली सेनाका उपरथी राजेन्द्रबहादुर कार्की तथा नेपालका लागि सामसुङ मोबाइलका आधिकारिक बिक्रेताका प्रमुख दीपक मलोहोत्राबीच नेपाली सेनाको फुटबल टिमलाई सामसुङ मोबाइलको तर्फबाट रु.२० लाख नगद तथा खेल सामग्री प्रदान गरेपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः प्रदीपराज वन्त–रासस
काठमाडौँ, २१ असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा एपिएफले लुम्बिनीमाथि ५–१ को सहज जित निकाल्यो । जितसँगै एपिएफ २३ अङ्कका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
एपिएफको जितमा गणेश लावतीले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थपे ।
लावतीले खेलको पाँचौँ मिनेट र पहिलो हाफको अत्तिरिक्त समय (४५ प्लस १ मिनेट)मा दुई गोल गरे । त्यस्तै खेलको ५६ औँ मिनेटमा पुनः एक गोल थप्दै आफनो नाममा व्यक्तिगत दुई गोल गरे ।
त्यसैगरी एपिएफका खेलाडी श्याम नेपालीले खेलको पहिलो हाफको आठौ मिनेट र एपिएफका अर्का खेलाडी सन्तोष श्रेष्ठले खेलको ८० औँ मिनेटमा एक–एक गोल गरे ।
त्यस्तै लुम्बिनीको लागि भने सुमन हमालले खेलको ३७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । यस हारसँगै लुम्बिनी आठ अङ्कका साथ लिगको आठौँ स्थानमा छ ।
शुक्रबार त्रिभुवन आर्मी क्लबले मोफसलको टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ ।
त्रिभुवन आर्मी क्लबलाई सामसुङको साथ
त्रिभुवन आर्मी क्लबअन्तर्गतको पुरुष फुटबल टोलीलाई सामसुङ कम्पनीले एक वर्षका लागि प्रायोजन गरेको छ ।
आर्मीद्वारा आज यहाँ आयोजित एक पत्रकार सम्मेलनमा इन्टरग्रेटिड मोबिलिटी सोलुसन प्रालिका प्रमुख दीपक मलोत्रा र नेपाल आर्मीका उपरथी राजेन्द्रबहादुर कार्कीले एक वर्षका लागि प्रायोजन गरेको सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले एक वर्षका लागि रु २० लाख प्रदान गर्नेछ । त्यस्तै आर्मीको फुटबल टोलीले भने आफ्नो जर्सीमा सामसुङ कम्पनीको लोगोअङ्कित टिसर्ट लगाउनु पर्नेछ ।
कार्यक्रममा उपरथी कार्कीले उक्त सम्झौताले फुटबल खेलको विकासका लागि सहयोग पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै इन्टरग्रेटिडका प्रमुख मलोत्राले उक्त सम्झौता एक महिनाअघि नै गर्ने भनिए तापनि प्राविधिक कारणले ढिला भएको बताउँदै फुटबल खेल सबैको लोकप्रिय खेल भएकाले पनि आर्मीलाई प्रायोजन गरेको उल्लेख गरे ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो