
नेपाली सेनाका उपरथी राजेन्द्रबहादुर कार्की तथा नेपालका लागि सामसुङ मोबाइलका आधिकारिक बिक्रेताका प्रमुख दीपक मलोहोत्राबीच नेपाली सेनाको फुटबल टिमलाई सामसुङ मोबाइलको तर्फबाट रु.२० लाख नगद तथा खेल सामग्री प्रदान गरेपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः प्रदीपराज वन्त–रासस
काठमाडौँ, २१ असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा एपिएफले लुम्बिनीमाथि ५–१ को सहज जित निकाल्यो । जितसँगै एपिएफ २३ अङ्कका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
एपिएफको जितमा गणेश लावतीले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थपे ।
लावतीले खेलको पाँचौँ मिनेट र पहिलो हाफको अत्तिरिक्त समय (४५ प्लस १ मिनेट)मा दुई गोल गरे । त्यस्तै खेलको ५६ औँ मिनेटमा पुनः एक गोल थप्दै आफनो नाममा व्यक्तिगत दुई गोल गरे ।
त्यसैगरी एपिएफका खेलाडी श्याम नेपालीले खेलको पहिलो हाफको आठौ मिनेट र एपिएफका अर्का खेलाडी सन्तोष श्रेष्ठले खेलको ८० औँ मिनेटमा एक–एक गोल गरे ।
त्यस्तै लुम्बिनीको लागि भने सुमन हमालले खेलको ३७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । यस हारसँगै लुम्बिनी आठ अङ्कका साथ लिगको आठौँ स्थानमा छ ।
शुक्रबार त्रिभुवन आर्मी क्लबले मोफसलको टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ ।
त्रिभुवन आर्मी क्लबलाई सामसुङको साथ
त्रिभुवन आर्मी क्लबअन्तर्गतको पुरुष फुटबल टोलीलाई सामसुङ कम्पनीले एक वर्षका लागि प्रायोजन गरेको छ ।
आर्मीद्वारा आज यहाँ आयोजित एक पत्रकार सम्मेलनमा इन्टरग्रेटिड मोबिलिटी सोलुसन प्रालिका प्रमुख दीपक मलोत्रा र नेपाल आर्मीका उपरथी राजेन्द्रबहादुर कार्कीले एक वर्षका लागि प्रायोजन गरेको सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले एक वर्षका लागि रु २० लाख प्रदान गर्नेछ । त्यस्तै आर्मीको फुटबल टोलीले भने आफ्नो जर्सीमा सामसुङ कम्पनीको लोगोअङ्कित टिसर्ट लगाउनु पर्नेछ ।
कार्यक्रममा उपरथी कार्कीले उक्त सम्झौताले फुटबल खेलको विकासका लागि सहयोग पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै इन्टरग्रेटिडका प्रमुख मलोत्राले उक्त सम्झौता एक महिनाअघि नै गर्ने भनिए तापनि प्राविधिक कारणले ढिला भएको बताउँदै फुटबल खेल सबैको लोकप्रिय खेल भएकाले पनि आर्मीलाई प्रायोजन गरेको उल्लेख गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो