काठमाडौँ, २१ असोज । संविधान जारी भएपछिको अवस्थामा सहमतीय सरकार गठन हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले मुलुकमा दिगो शान्ति, विकास र संविधानको कार्यान्वयनका लागि प्रमुख दल मिलेर अघि बढ्नुपर्र्ने धारणा राखे ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रमुख दल मिलेर अगाडि बढ्न आफूहरूले सुझाव दिएको जनाउँदै भने, “वर्तमान अवस्थामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीबीचको सहमतिका आधारमा सरकार बन्न सकेमा मुलुकको हितका लागि राम्रो हुन्छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई अखण्ड राख्न सबै दल मिल्नुपर्ने र राष्ट्रिय स्वाधीनताका लागि निडरताका साथ अघि बढनुपर्नेमा जोड दिए ।
एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रमख दलबीचको भद्र सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गरे ।
नेपाल जनता दलका अध्यक्ष हरिचरण साहले संविधान जारीपछि ठूला दलका नेता तराई मधेसमा पुग्न नसक्नुले पनि जनस्तरमा अन्योल सिर्जना भएको टिप्पणी गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो