काठमाडौँ, २१ असोज । संविधान जारी भएपछिको अवस्थामा सहमतीय सरकार गठन हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले मुलुकमा दिगो शान्ति, विकास र संविधानको कार्यान्वयनका लागि प्रमुख दल मिलेर अघि बढ्नुपर्र्ने धारणा राखे ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रमुख दल मिलेर अगाडि बढ्न आफूहरूले सुझाव दिएको जनाउँदै भने, “वर्तमान अवस्थामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीबीचको सहमतिका आधारमा सरकार बन्न सकेमा मुलुकको हितका लागि राम्रो हुन्छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई अखण्ड राख्न सबै दल मिल्नुपर्ने र राष्ट्रिय स्वाधीनताका लागि निडरताका साथ अघि बढनुपर्नेमा जोड दिए ।
एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रमख दलबीचको भद्र सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गरे ।
नेपाल जनता दलका अध्यक्ष हरिचरण साहले संविधान जारीपछि ठूला दलका नेता तराई मधेसमा पुग्न नसक्नुले पनि जनस्तरमा अन्योल सिर्जना भएको टिप्पणी गरे ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा