काठमाडौँ, २१ असोज । चर्को इन्धनको अभाव भोगिरहेका जनतालाई खपत कम गर्न र वैकल्पिक उपाय अपनाउन सम्बन्धित क्षेत्रका जानकारले सुझाएका छन् ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियाका सहभागीले बिजुलीबाट खाना पकाउँदा सस्तो पर्ने र सङ्कटको समयमा तत्कालको वैकल्पिक उपाए भएको सुझाव दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले सौर्य ऊर्जाको प्रयोग गर्ने र सकेसम्म ग्यासको प्रयोग कम गर्न सुझाव दिए । उनले भने, “बिजुलीबाट खाना पकाउने र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ, त्यसैगरी इन्धनमा इथानोल मिसाउनुपर्छ ।”
तत्कालका लागि सरकारले भारतबाट इन्धन आयातमा समस्या हुँदा चीन जाने र चीनबाट समस्या हुँदा अनेत्र जाने उपाय परिपक्क नभएको बताउँदै उनले कूटनीतिक उपायबाट समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
ऊर्जा अध्ययन केन्द्रका संयोजक प्राडा अमृतमान नकर्मीले पेट्रोलियम पदार्थमा भर पर्दा परनिर्भरता बढाएको उल्लेख गर्दै वैकल्पिक ऊर्जाका लागि सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताए ।
त्यसैगरी नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष दीपकबहादुर शाहीले सौर्य ऊर्जाको प्रयोग गरेर वर्तमान ऊर्जा सङ्कटको समाधान गर्नुपर्ने सुझाव दिए ।
ग्यास विक्रेता महासङ्घका महासचिव चन्द्र थापाले इन्धनको सङ्कट चरम भएकाले सरकारले समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा