
काठमाडौँ, २० असोज । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइका लागि आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक बिना निश्कर्ष टुङ्गीएको छ ।
न्याय परिषद् सदस्यमा प्रस्ताबित कानुन व्यवसायी रामहरि सिटौलाको संसदीय सुनुवाइमा समितिका सदस्यहरूबीच संबैधानिक प्रावधानका विषयमा एकमत हुननसक्दा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समितिका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।
नेपालको संविधान २०७२को धारा २९२(२)अनुसार संघीय संसदको दुबै सदनका १५ सदस्यसहितको संयुक्त समिति रहने प्रावधान बमोजिम संसदीय सुनुवाइको प्रक्रिया पुरा नभएकाले केही सदस्यले प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर गरेका थिए भने अन्य सदस्यले हालै पारित व्यवस्थापिका संसदको आन्तरिक कार्यविधि २०७२ को दफा ४१ बमोजिम प्रक्रिया अघि बढाउन सकिने जिकिर गरेका थिए ।
सो दफामा – यसमा जे कुरा लोखिएको छ सोही बमोजिम हुने र नलेखिए संविधानसभा(व्यवस्थापिका संसद) कार्यसञ्चालन नियमावली २०७० बमोजिम हुने कुरा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कानुन व्यवसायी सिटौलालाई नियुक्तिको लागि सिफारिस गरी संसदीय सुनुवाईका लागि व्यवस्थापिका संसदमा यही असोज १४ गते पत्र पठाइएको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा