बिहीबार, मंसिर १६ २०७८ | Thu, December 02, 2021
नेपालको समय: २३:०० | UK Time: 17:15

तत्काल नाकाबन्दी हटाउन भूपू सैनिकको माग

वीनेपाली
२०७२ असोज २० गते १५:४६

इटहरी, २० असोज । नेपाल तथा भारतबाट सेवा निवृत्त भएका सैनिकले छिमेकी मुलुक भारतबाट सीमा क्षेत्रमा गरिएको अवरोध तत्काल हटाउन माग गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनीहरुले नाकामा अवरोध सिर्जना गरेर विश्वसामु गलत टिकाटिप्पणी हुने कार्य कसैबाट पनि हुन नहुने बताएका छन् ।

पत्रकार सम्मेलनमा संयुक्त भूतपूर्व सैनिक क्लबका अध्यक्ष किशोरकुमार राईले भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीका साथै भारतीय नागरिकलाई समेत हित नगरेको बताए ।

सीमा नाकामा उत्पन्न समस्याको तत्काल कूटनीतिक प्रयासबाट समाधान खोज्न पनि उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक