इन्धन अभाव भएपछि केही विद्यालय एक दुई दिन अघि नै बन्द भएका थिए भने परीक्षा नसकिएका विद्यालयले भने परीक्षा सकिएलगत्तै बन्द गर्ने भएका छन् ।
प्याब्सन भक्तपुरले इन्धन अभावको विषयमा बैठक राखेर जिल्ला प्रशासन कार्यालयसँग विद्यालयलाई इन्धन उपलब्ध गराइदिन आग्रह गरेपनि इन्धन नपाएपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापाले इन्धन अभाव भएपछि विद्यार्थीलाई विद्यालयसम्म ल्याउने लैजाने व्यवस्था गर्न नसक्दा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताइन् । उनले भनिन्, “विद्यालय सञ्चालन गर्दा पनि बसमा आउने विद्यार्थी आउन नसक्ने भएपछि ४० प्रतिशत विद्यार्थीलाई मात्रै पढाउने कुरा हँुदैन, त्यसैले परीक्षा सकिएलगत्तै विद्यालय बन्द गर्छौँ ।”
भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले चाहेर पनि विद्यालय सञ्चालन गर्न नसक्ने अबस्थामा पुगेको बताए । “एकातिर भूकम्पका कारण एक महिना पढाइ रोकियो, अहिले इन्धनको अभावले फेरि विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगियो, यसवर्षको शैक्षिक पात्रो नै बिग्रिने भयो”–उनले भने ।
विद्यालय बन्द गर्न कै लागि कतिपय विद्यालयले परीक्षासमेत छिटो सञ्चालन गरेका छन् भने केही विद्यालयले एकै दिन दुईवटा विषयको परीक्षा सञ्चालन गरेका छन् ।
इन्धन अभाव नभएको भए यसवर्ष फूलपातीको अघिल्लो दिनसम्म पढाइ सञ्चालन गर्ने र दसैँमा समेत धेरै दिन बिदा नदिने योजना रहेपनि पढाइ सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको विद्यालय सञ्चालकहरु बताउँछन् ।
प्याब्सन अध्यक्ष महर्जनले इन्धन अभावले सिङ्गो शैक्षिक संस्थामा जटिल समस्या आएको बताए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित