विराटनगर, १९ असोज । सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुरयाएका छन् ।
विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला कटाएर गन्तव्यसम्म पुरयाउनका लागि सुनसरीको सुरक्षाकर्मीको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर भन्सारका ७९ वटा गाडीमध्येबाट डिजेल बोकेका १४ वटा टयाङ्कर, पेट्रोल बोकेका ११ वटा ट्याङ्कर र दुईवटा ग्यास बुलेटलगायतका मालवाहक गाडी रहेको प्रहरी नायवउपरीक्षक प्रमोद खरेलले बताए । ती गाडी सोमवार विराटनगर भन्सारको परिसरमा प्रवेश गरेको थियो ।
यसका साथै, सुनसरीका सुरक्षाकर्मीले सुरक्षा घेरामा जिल्लाको सीमावर्ती क्षेत्रमा ल्याएका अन्य २९७ वटा बस र मालबाहक गाडीलाई मोरङका प्रहरीले सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुरयाएका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने