रत्ननगर (चितवन), १९ असोज । चितवनको विकट कोराकस्थित चेपाङ गाउँमा इन्टरनेट सेवा सुरु भएको छ । ग्रीन स्कुल परियोजनाले चितवनको चेपाङ गाउँमा इन्टरनेट सेवा पुर्याएको हो ।
इन्टरनेट जोडेसँगै उनीहरु विश्वसँग जोडिएका छन् । जर्मनीका विद्यार्थीसँग इन्टरनेटको माध्यमबाट यहाँका चेपाङ विद्यार्थीले कुरासमेत गर्न थालेका छन् ।
इन्टरनेटकै माध्यमबाट जर्मनीमा रहेका विद्यार्थीको अनुभव सङ्गाल्ने मौकासमेत ती विद्यार्थीलाई मिलेको ग्रीन स्कुल परियोजना सञ्चालन गरेको प्रकृतिका साथिहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।
इन्टरनेटकै कारण जर्मनीस्थित डुसलडर्फको प्राथमिक विद्यालय ‘होहेन स्ट्रास’ विद्यालयबीच मितेरी सम्बन्ध कायम भएको आचार्यले जानकारी दिए ।
उक्त विद्यालयका कक्षा चारका विद्यार्थीको मित्रताको प्रस्तावपछि राष्ट्रिय प्राथमिक विद्यालय चारकिलाको इको क्लवका विद्यार्थीबीच मितेरी सम्वन्ध कायम भएको हो ।
जर्मनीमा रहेको उक्त स्कुलले विद्यार्थीलाई वातावरण संरक्षण, अर्गानिक खेती, तथा विभिन्न व्यावहारिक शिप दिंने गरेको छ ।
ती स्कुलका बारेमा परिचय, संस्कृति र उनीको जीवनशैलीबारे प्रोफाइलसमेत तयार भएको आचार्यले जानकारी दिए ।
गुलेलीले चरा मार्ने बालबालिका अहिले संरक्षणमा जुटेका छन् । कोराकको राप्रावि चारकिल्ला र स्वामिटार माध्यामिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
यहाँका दुई स्कुलमा ४२ जना विद्यार्थीलाई ईको क्लवमा सहभागी गराएर ग्रीन स्कुल परियोजनामार्फत संरक्षणमा सक्रिय गराइएको आचार्यले जानकारी दिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा