काठमाडौँ, १८ अजोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज बिहान पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ ।
सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतबाट नेपाल आउने सामग्रीको सहज आपूर्तिका विषयमा कुराकानी भएको थियो ।
उपसभापति पौडेलले भारतबाट नेपाल भित्रिने इन्धनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । भारतबाट नेपाल भित्रिने अत्यावश्यक सामग्री सहज गराउने विषयमा भारतीय राजदूत सकारात्मक रहनुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सो अवसरमा उपसभापति पौडेलले संविधान निर्माणमा देखिएको दलहरुबीचको एकता संविधानको कार्यान्वयनमा पनि रहने र मुलुकमा देखिएको पछिल्लो असहज अवस्थालाई पनि वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याइने बताएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो