
पोखरा, १६ असोज । नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पशुपति मुरारकाले ५२ दिनदेखिको मधेस बन्द र भारतको अघोषित नाकाबन्दीले उद्योगधन्दा धरासायी भएको बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको ६१औँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नयाँ संविधान निर्माणपछि औद्योगिक क्रान्तिको सपना देखेका उद्यमी व्यवसायीहरु राजनीतिक दलका कार्यकर्ताबाट हुने गरेका उद्योगधन्दा तोडफोड र बन्दले बैंकको ब्याज तिर्नै नसक्ने अवस्थामा पुगेको गुनासो पोख्नुभयो ।
लामो समयको मधेस बन्दले त्यहाँ बस्ने सर्वसाधारण जनता र मजदुरहरुले समेत ठूलो पीडा भोग्नुपरेको बताउँदै उहाँले औद्योगिक क्षेत्रको विकास नभएसम्म देश विकास असम्भव भएकाले यस्ता बन्द हडताल सधैँका लागि बन्द गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा अध्यक्ष मुरारकाले पोखरा उद्योग वाणिज्य सङ्घबाट प्रदान गरिने यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सन्तोष पोखरेललाई हस्तान्तरण गर्नुभयो । दुई, दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र रहेको छ ।
यस्तै लक्ष्मी हाउसबाट सञ्चालित लक्ष्मी विद्या पदकबाट पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायको स्नातक तहका छात्र सुरेन्द्र नेपाल र पोखरा कलेज अफ म्यानेजमेन्टका छात्रा सुमना बज्राचार्य पुरस्कृत भएका छन् ।
त्यस्तै वस्तुगत सङ्घको तर्फबाट पोखरा हार्डवयर्स एसोसिएसनलाई सम्मान गरिएको थियो ।
सङ्घका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको उक्त समारोहमा प्रेमप्रसाद पौडेल, ध्रुवबहादुर थापा, लक्ष्मी त्रिपाठीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै