
पोखरा, १६ असोज । नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पशुपति मुरारकाले ५२ दिनदेखिको मधेस बन्द र भारतको अघोषित नाकाबन्दीले उद्योगधन्दा धरासायी भएको बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको ६१औँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नयाँ संविधान निर्माणपछि औद्योगिक क्रान्तिको सपना देखेका उद्यमी व्यवसायीहरु राजनीतिक दलका कार्यकर्ताबाट हुने गरेका उद्योगधन्दा तोडफोड र बन्दले बैंकको ब्याज तिर्नै नसक्ने अवस्थामा पुगेको गुनासो पोख्नुभयो ।
लामो समयको मधेस बन्दले त्यहाँ बस्ने सर्वसाधारण जनता र मजदुरहरुले समेत ठूलो पीडा भोग्नुपरेको बताउँदै उहाँले औद्योगिक क्षेत्रको विकास नभएसम्म देश विकास असम्भव भएकाले यस्ता बन्द हडताल सधैँका लागि बन्द गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा अध्यक्ष मुरारकाले पोखरा उद्योग वाणिज्य सङ्घबाट प्रदान गरिने यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सन्तोष पोखरेललाई हस्तान्तरण गर्नुभयो । दुई, दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र रहेको छ ।
यस्तै लक्ष्मी हाउसबाट सञ्चालित लक्ष्मी विद्या पदकबाट पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायको स्नातक तहका छात्र सुरेन्द्र नेपाल र पोखरा कलेज अफ म्यानेजमेन्टका छात्रा सुमना बज्राचार्य पुरस्कृत भएका छन् ।
त्यस्तै वस्तुगत सङ्घको तर्फबाट पोखरा हार्डवयर्स एसोसिएसनलाई सम्मान गरिएको थियो ।
सङ्घका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको उक्त समारोहमा प्रेमप्रसाद पौडेल, ध्रुवबहादुर थापा, लक्ष्मी त्रिपाठीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता