काठमाडौँ, १६ असोज । संविधान संशोधन गरी असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न र सबै दलको सहकार्य र सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुलाई आग्रह गरिएको छ ।
संविधान कार्यान्वयनका लागि बहुमतीयभन्दा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै तीनदलको अहिलेको कार्यगत एकतालाई अझ दरिलो बनाउन र यसमा तराई मधेस केन्द्रित दललाई समेट्न सुझावसमेत दिइएको छ ।
त्रिभूवन विश्व विद्यालयअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले दलहरुलाई सो सुझाव दिँदै दलहरुको एकता र सहकार्यले मात्र राष्ट्रिय एकता कायम हुन सक्ने विचार सार्वजनिक गरे ।
जनताले आफ्नो हातबाट सार्वभौमसत्ता गुमाउन नपर्ने गरी संविधानमा अधिकार सुरक्षित भएको हुँदा जनतालाई संविधानले गरेको अपनत्वलाई बुझाउन आवश्यक भएको सहभागीले जोड दिए ।
कार्यक्रममा नेकपा–एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता र दलहरु बीचको सहकार्य आवश्यक भएकामा जोड दिँदै संविधान सबै पक्षका सम्झौताको दस्तावेजका रुपमा आएको विचार व्यक्त गरे ।
उनले संविधान कार्यान्वयन हुन नपाउँदै संशोधन गर्नुपर्ने अवस्था आएको चर्चा गर्दै संविधानका विशेषताका बारेमा आमजनतालाई जानकारी आवश्यक भएको बताए ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि बहुमतीयभन्दा सहमतीय सरकार आवश्यक रहेको भन्दै यसको गठनका लागि दलहरुले गृहकार्य गर्नुपर्छ भने ।
एकीकृत नेकपा (माओवादी)का नेता जनार्दन शर्माले संविधानले आर्थिक, सामाजिक, राजनीतिक विकासको मार्गप्रशस्त गरेको धारणा राख्दै दलगत स्वार्थले भन्दा राष्ट्रिय एकताले देश विकास गर्ने समय आएको बताए ।
पूर्व परराष्ट्र मन्त्री डा प्रकाशचन्द्र लोहनीले संविधानले देशलाई नयाँ मार्गदर्शन दिएको भन्दै यसको कार्यान्वयनका लागि इमान्दारिताको खाँचो औँल्याए । अर्का पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले संविधानले युगान्तकारी परिवर्तन गरेको तर कार्यान्वयनका लागि धेरै चुनौती रहेको बताए ।
पत्रकार कनकमणि दीक्षितले पछिल्लो समय भारतले नेपाललाई पञ्चशीलको सिद्धान्तविपरीत व्यवहार गरिराखेको टिप्पणी गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका कारण देशमा भाँडभैलो उत्पन्न भएको बताए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग