काठमाडौँ, १६ असोज । संविधान संशोधन गरी असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न र सबै दलको सहकार्य र सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुलाई आग्रह गरिएको छ ।
संविधान कार्यान्वयनका लागि बहुमतीयभन्दा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै तीनदलको अहिलेको कार्यगत एकतालाई अझ दरिलो बनाउन र यसमा तराई मधेस केन्द्रित दललाई समेट्न सुझावसमेत दिइएको छ ।
त्रिभूवन विश्व विद्यालयअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले दलहरुलाई सो सुझाव दिँदै दलहरुको एकता र सहकार्यले मात्र राष्ट्रिय एकता कायम हुन सक्ने विचार सार्वजनिक गरे ।
जनताले आफ्नो हातबाट सार्वभौमसत्ता गुमाउन नपर्ने गरी संविधानमा अधिकार सुरक्षित भएको हुँदा जनतालाई संविधानले गरेको अपनत्वलाई बुझाउन आवश्यक भएको सहभागीले जोड दिए ।
कार्यक्रममा नेकपा–एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता र दलहरु बीचको सहकार्य आवश्यक भएकामा जोड दिँदै संविधान सबै पक्षका सम्झौताको दस्तावेजका रुपमा आएको विचार व्यक्त गरे ।
उनले संविधान कार्यान्वयन हुन नपाउँदै संशोधन गर्नुपर्ने अवस्था आएको चर्चा गर्दै संविधानका विशेषताका बारेमा आमजनतालाई जानकारी आवश्यक भएको बताए ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि बहुमतीयभन्दा सहमतीय सरकार आवश्यक रहेको भन्दै यसको गठनका लागि दलहरुले गृहकार्य गर्नुपर्छ भने ।
एकीकृत नेकपा (माओवादी)का नेता जनार्दन शर्माले संविधानले आर्थिक, सामाजिक, राजनीतिक विकासको मार्गप्रशस्त गरेको धारणा राख्दै दलगत स्वार्थले भन्दा राष्ट्रिय एकताले देश विकास गर्ने समय आएको बताए ।
पूर्व परराष्ट्र मन्त्री डा प्रकाशचन्द्र लोहनीले संविधानले देशलाई नयाँ मार्गदर्शन दिएको भन्दै यसको कार्यान्वयनका लागि इमान्दारिताको खाँचो औँल्याए । अर्का पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले संविधानले युगान्तकारी परिवर्तन गरेको तर कार्यान्वयनका लागि धेरै चुनौती रहेको बताए ।
पत्रकार कनकमणि दीक्षितले पछिल्लो समय भारतले नेपाललाई पञ्चशीलको सिद्धान्तविपरीत व्यवहार गरिराखेको टिप्पणी गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका कारण देशमा भाँडभैलो उत्पन्न भएको बताए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]