अष्ट्रेलियाबाटै दर्जनबढि उम्मेदवारी परेपछि शेष घले नैतिक संकटमा

Shes-ghale

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिँकिदै जाँदा नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा गर्नेको घुईचो नै लागेको छ । एनआरएनए अध्यक्षदेखि विभिन्न पदमा तीन दर्जन बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यसैबीच एनआरएनए अध्यक्ष शेष घलेको गृह क्षेत्र अष्ट्रेलियाबाटै एक दर्जन बढिले उम्मेदवारी घोषणा गरेका छन् । अष्ट्रेलियाबाट दर्जन बढिको उम्मेदवारी परेपछि घले नैतिक संकटमा परेका छन् ।
एकहत्तर मुलुकमा सञ्जाल विस्तार गरिसकेको एनआरएनएको सबै पदाधिकारीमा घलेले प्रतिनिधित्व गर्ने देश अष्ट्रेलियाबाटै उम्मेदवारी परेपछि उनी थप अप्ठेरोमा परेका हुन् ।

कार्य समितिको सवै पदमा अष्ट्रेलियाबाटै उम्मेदवारी परेपछि विश्वभरका एनआरएनए उनीसँग चिढिएका छन् । घलेले आफनै देशलाई व्यवस्थापन गर्न नसकेको उनीहरुको आरोप छ । अर्कोतर्फ गैर आवसीय नेपाली संघको विधान मिच्दै नेतृत्व हत्याएको आरोप खेपेका घलेले पुनः उम्मेदवारी दिएपछि लामो समयदेखि एनआरएनए गतिविधिमा लागेकाहरु थप चिन्तित भएका छन् ।

यता, दुई वर्षे कार्यकालमा अष्ट्रेलियालाई वेवास्ता गरेको र कुनै पनि अभियानमा साथ नलिएको समेत अष्ट्रेलियन एनआरएनएकै गुनासो छ । यसअघिको निर्वाचनमा पनि घलेलाई अष्ट्रेलियाबाटै असहयोग भएको थियो । अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षका प्रतिस्पर्धी भवानी ओली उनको विपक्षमा उभिएका थिए । यो पटक भने दर्जन बढि उम्मेदवार अष्ट्रेलियाबाट आएको छ । यो घलेका लागि ठूलो चुनौति बनेको छ ।

सवैभन्दा बढि एनआरएनए सदस्य रहेको युरोप, खाडी मुलुका साथै अमेरिका र एसियाबाट समेत अध्यक्षमा उम्मेदवारी परेकाले यसपटक घलेको वाटो त्यत्ति सहज देखिदैन् । योसँगै अमेरिकामा बस्दै आएका युवा व्यवसायी रतन झा र कतारका व्यवसायी टिबी कार्कीको समेत उम्मेदवारी परेपछि घले थप हच्किएका छन् ।
पैसाको बलमा राजनीतिक समर्थन प्राप्त गरि वर्तमान नेतृत्व हत्याएका घलेलाई दुई वर्षको कार्यकालमा दलप्रतिको रवैया अनुचित रहेको, राजनीतिक पहुँचलाई व्यवसायिक प्रयोजनका लागि उपयोग गरेकाले यसपटक उनलाई कुनै पनि राजनीतिक दलले साथ नदिने वुझिएको छ ।

साथै गैर आवसीय नेपाली संघलाई व्यवसायिक र पारिवारिक रुपमा सन्चालन गरेको घलेमाथि अर्को आरोप छ । राहत वितरण व्यवस्थित नभएको भन्दै सरकारले एकद्धार प्रणाली लागु गर्दा घलेले सरकारले दक्षिण कोरियाको जस्तो व्यवहार देखाएको भन्दै सन्चारमाध्यमवाटै सरकारको खरो आलोचना गरेका थिए ।

यसैबीच, दुई वर्षे कार्यकालमा संस्थालाई व्यक्तिगत कम्पनी जस्तै बनाएको आरोप खेपेका घलेले पुनः अध्यक्षको लोभ देखाएपछि पुराना अभियान्ता,  पूर्व अध्यक्षहरु र अग्रजहरु बैकल्पिक नेतृत्वको लागि एउटै कित्तामा उभिएका छन् । यसअघि खुलेर घलेको समर्थनमा जुटेका पुराना अभियन्ता, पूर्व अध्यक्षहरु र अग्रजहरु अहिले उनको विपक्षी कित्तामा छन् ।

विनाशकारी भूकम्पका वेला एनआरएनए अभियान्तालाई र शुभचिन्तकलाई समेत वेवास्था गरि घलेले स्वविवेक संघलाई आफनै कम्पनी जस्तै गरि सहयोग अभियान चलाएका थिए । त्यो कार्य विश्वभरका एनआरएनएलाई चित्त वुझेको थिएन किनकी एनआरएनए सहयोग कोषमा विश्वभर रहेका नेपालीले आर्थिक सहयोग गरेका थिए । पीडितको पुर्नस्थापना लागि घलेले घोषणा गरेको एक अर्ब राशीको अक्षय कोष पनि अलपत्र छ ।

अष्ट्रेलियाबाट उम्मेदवारहरु: 

अध्यक्ष : शेष घले

उपाध्यक्ष: डा. सम्शेर सिंह थापा

महासचिव : रन्जु वाग्ले थापा

सचिव : गणेश केसी

कोषाध्यक्ष : भैरव ढकाल

युवा संयोजक : कृष्ण गिरी र निरन्जन प्रसाई

ओसेनीया क्षेत्रीय संयोजक : भुमादेवी लिम्बु, रमेश पाण्डे, महेन्द्रकुमार लम्साल र श्रषि कँडेल

ओसेनीया क्षेत्रीय सहसंयोजक : होम पाण्डे र रमेश जोशी

प्रतिक्रिया

सम्बन्धित सामाग्री