काठमाडौँ, १६ असोज । एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु १९) छनोट प्रतियोगितामा नेपालले हज्जास्पद हार व्यहोरेको छ ।
गएराति भएको एकतर्फी खेलमा नेपाली टोली आयोजक इरानसँग १०–० गोल अन्तर भोग्न बाध्य भयो । नेपालमाथि दबाब सिर्जना गरेको इरानले मध्यान्तर अघि ५ र मध्यान्तर पछि पनि समान गोल गरेको थियो ।
गत महिना मात्र यु १९ साफ च्याम्पियनसिप उपाधि जितेको नेपाली टोलीको यो प्रदर्शन अपेक्षा विपरीत हो । समूह ‘इ’मा रहेको नेपाललाई खेलमा फर्कने अवसरका लागि अझैँ दुई खेल बाँकी छन् ।
नेपालले आइतबार कुवेतसँग र मङ्गलबार जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका समूह विजेता १० टोली तथा उपविजेता उत्कृष्ट पाँच टोलीले आगामी वर्ष वहराइनमा यु १९ एएफसी च्याम्पियनसिपमा खेल्ने अवसर पाउनेछन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह