
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिंदै सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजाल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १५ असोज । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख तीन दलका तर्फबाट यसअघि संविधानसभामा व्यक्त प्रतिबद्धताअनुसार संविधान संशोधनका लागि व्यवस्थापिका–संसद्मा प्रस्ताव पठाउने निर्णय गरेको छ ।
संविधान संशोधनका लागि आवश्यक काम सम्पादन गर्ने गृहकार्य गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
तत्कालीन संविधानसभामा प्रमुख तीन दलबीच भएको सहमतिका आधारमा प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशीलगायतका विषयमा संविधान संशोधनको प्रतिबद्धता जनाएका थिए ।
बैठकले नेपालको संविधानको धारा २९८ बमोजिम संविधानसभाबाट संविधान घोषणा भइसकेपछि राष्ट्रिय सहमतिका साथ प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने काम अघि बढाउन प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल