मुलुकको मुद्रास्फीति सात प्रतिशत कायम

nepal-rastra-bank

काठमाडौँ, १५ असोज । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ६.९ प्रतिशत भएको छ ।

पाँचाँै पारिवारिक बजेट सर्वेक्षणको नतिजाका आधारमा संशोधित बस्तु र सेवाको डालोअनुसार साउन महिनामा वार्षिक विन्दुगत मुद्रास्फीतिमा गत वर्षको तुलनामा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.५ प्रतिशत थियो ।

समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकाङ्क वृद्धिदर ७.३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर ६.६ प्रतिशत छ ।

त्यसैगरी वार्षिक विन्दुगत थोक मुद्रास्फीतिमा पनि कमी आएको छ । समीक्षा अवधिमा दर ५.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.४ प्रतिशत रहेको थियो ।

भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ३.९ प्रतिशतले कमी आर्ई रु छ अर्ब ४६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले कमी आई रु.६ अर्ब ७२ करोड रहेको थियो ।

वैशाख १२ को विनासकारी भूकम्पले पर्यटनलगायत समग्र सेवा क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सेवा आयमा प्रतिकुल प्रभाव परी सेवा क्षेत्रतर्फको कुल आय १६ प्रतिशतले कमी आई रु ९ अर्ब ७० करोड रहेकोे छ ।
अघिल्लो वर्षको सोही अवधिमा सेवा आय २९.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा शोधनान्तर बचत वृद्धि भएको छ । यस अवधिमा रु ४ अर्ब ९५ करोड बचत छ । अघिल्लो वर्षमा रु २ अर्ब ७७ करोड थियो ।
अमेरिकी डलरमा समीक्षा अवधिको शोधनान्तर बचत चार करोड ८४ लाख डलर रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ करोड ८६ लाख डलर रहेको थियो ।

त्यसैगरी साउन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति गत आवको असार मसान्तको रु ८२३ अर्ब ८७ करोडको तुलनामा २.३ प्रतिशतले वृद्धि भई रु ८४२ अर्ब ५३ करोड पुगेको छ ।

अघिल्लो समीक्षा अवधिमा यस्तो सञ्चिति २०७१ असार मसान्तको तुलनामा १.३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा सरकारी खर्चमा कमी आएको तर सरकारी राजस्व तथा वैदेशिक अनुदानमा वृद्धि भएको कारण बजेट बचत वृद्धि हुन गएको छ ।

चालु आवको पहिलो महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट रु ३१ अर्ब ९७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट रु २८ अर्ब २६ करोडले बचतमा थियो ।

त्यस्तै समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा ८५.४ प्रतिशतले कमी आर्ई रु १३ करोड मात्र भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च ८६.२ प्रतिशतले घटी रु ९१ करोड भएको थियो । समीक्षा अवधिमा चालु तथा पूँजीगत दुबै खर्चमा कमी आएकोले सरकारी खर्च घट्न गएको हो ।
समीक्षा अवधिमा नेपाल सरकारको राजस्व परिचालन १३.१ प्रतिशतले वृद्धि भई रु ३० अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ८.२ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७० करोड पुगेको थियो ।
चालु आर्थिक वर्षमा पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा शङ्कुचित मुद्राप्रदाय ३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय ३.३ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा पटक–पटक गरी निक्षेप बोल–कबोलमार्पmत् रु ५७ अर्ब २५ करोड, रिभर्स रिपोमार्पmत् रु १३ अर्ब तथा सोभैm बिक्री बोल–कबोलमार्फत् रु पाँच अर्ब ९० करोडको तरलता प्रशोचन भएको छ ।

चालु आवको मसान्तमा निक्षेप सङ्कलन बोल–कबोल रकम रु १०७ अर्ब २५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्पmत् रु ९९ अर्ब ५० करोडको तरलता प्रशोचन भएको थियो ।

उता नेप्समा वार्षिक विन्दुगत आधारमा ११.९ प्रतिशतले वृद्धि भई चालु आवको साउन मसान्तमा एक हजार १५७.६ विन्दुमा पुगेको छ । उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिमा ९२.८ प्रतिशतले वृद्धि भई गत आवको साउन मसान्तमा एक हजार ३४.४ विन्दु कायम भएको थियो ।

चालु आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको कारण सेयर बजार उकालो लाग्ने क्रम सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री