
मस्को, १४ असोज । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले रसियाले सिरियामा आइएसलक्षित नै कारबाही थालेको जानकारी दिएका छन् । रसियाले सिरियामा बुधबारदेखि हावाई हमला सुरु गरेको छ । सो कारबाही त्यहाँका आइएसलक्षित नभएर अन्यत्र नै भएको आरोपका बीच विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।
यस भनाईपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री लाभरोभले भने– हवाई कारबाही अन्यत्रै लक्षित भएको भन्ने भनाई गलत हो, यस्तो हुन सक्दैन । न्ययोर्कमा अमेरिकी विदेशमन्त्री जोन केरीसँगको भेटपछि उनले सो प्रतिक्रिया दिएका हुन् । उनले आफूलाई सो आक्रमणका बारेमा सबै सूचना रहेको र सो आक्रमण नागरिकमा कुनैपनि हालतमा लक्षित नरहेको पनि बताए ।
रसियाले सिरियामा थालेको हवाई कारबाहीबाट सर्वसाधारण नागरिकको हताहति भएको भन्ने हल्लापछि रसियाली विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।
उनले नागरिक हताहतिको बारेमा आफूलाई कुनै पनि सूचना नआएको र के कतिजना हताहत भए भन्ने बारेमा पनि केही थाहा नपाएको पनि बताए ।
सिरियाको स्वागत
यसैबीच सिरियाली राष्ट्रपति बसार अल असादले रसियाले पनि सिरियामा आइएसका विरुद्धमा कारबाहीका लागि सैन्य सहयोग पठाउन गरेको निर्णयको स्वागत गरेका छन् ।
बुधबारै उनको कार्यालयले जनाएअनुसार सिरियाली राष्ट्रपतिद्वारा आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई नै सैन्य सहयोग पठाउन पत्राचार गरिएको जनाइएको छ ।
सिरियामा पनि पछिल्लो समयमा आइएसका क्रियाकलापहरु निकै बढ्दै गएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका अरु कैयैँ देशले सिरियामा हमलाका लागि रसियासँग आग्रह गरेका थिए ।
सो आग्रहपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको संसदसँग सो कारबाहीका लागि अनुमति मागेको थियो । सो अनुमतिको प्रस्तावलाई संसदले निर्विरोध पारित गरेसँगै उक्त कारबाही सुरु भएको हो ।
तर रसियाले स्थल सेना भने सिरियामा नजाने बताएको छ । रसियाले असादको बलियो सहयात्रीका रूपमा सिरियामा द्वन्द्व सुरु भएको सन् २०११ देखि नै सहयोग पुरयाउँदै आएको छ ।
सिरियाली द्वन्द्वमा परी दुई लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ घाइते भएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो