
मस्को, १४ असोज । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले रसियाले सिरियामा आइएसलक्षित नै कारबाही थालेको जानकारी दिएका छन् । रसियाले सिरियामा बुधबारदेखि हावाई हमला सुरु गरेको छ । सो कारबाही त्यहाँका आइएसलक्षित नभएर अन्यत्र नै भएको आरोपका बीच विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।
यस भनाईपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री लाभरोभले भने– हवाई कारबाही अन्यत्रै लक्षित भएको भन्ने भनाई गलत हो, यस्तो हुन सक्दैन । न्ययोर्कमा अमेरिकी विदेशमन्त्री जोन केरीसँगको भेटपछि उनले सो प्रतिक्रिया दिएका हुन् । उनले आफूलाई सो आक्रमणका बारेमा सबै सूचना रहेको र सो आक्रमण नागरिकमा कुनैपनि हालतमा लक्षित नरहेको पनि बताए ।
रसियाले सिरियामा थालेको हवाई कारबाहीबाट सर्वसाधारण नागरिकको हताहति भएको भन्ने हल्लापछि रसियाली विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।
उनले नागरिक हताहतिको बारेमा आफूलाई कुनै पनि सूचना नआएको र के कतिजना हताहत भए भन्ने बारेमा पनि केही थाहा नपाएको पनि बताए ।
सिरियाको स्वागत
यसैबीच सिरियाली राष्ट्रपति बसार अल असादले रसियाले पनि सिरियामा आइएसका विरुद्धमा कारबाहीका लागि सैन्य सहयोग पठाउन गरेको निर्णयको स्वागत गरेका छन् ।
बुधबारै उनको कार्यालयले जनाएअनुसार सिरियाली राष्ट्रपतिद्वारा आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई नै सैन्य सहयोग पठाउन पत्राचार गरिएको जनाइएको छ ।
सिरियामा पनि पछिल्लो समयमा आइएसका क्रियाकलापहरु निकै बढ्दै गएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका अरु कैयैँ देशले सिरियामा हमलाका लागि रसियासँग आग्रह गरेका थिए ।
सो आग्रहपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको संसदसँग सो कारबाहीका लागि अनुमति मागेको थियो । सो अनुमतिको प्रस्तावलाई संसदले निर्विरोध पारित गरेसँगै उक्त कारबाही सुरु भएको हो ।
तर रसियाले स्थल सेना भने सिरियामा नजाने बताएको छ । रसियाले असादको बलियो सहयात्रीका रूपमा सिरियामा द्वन्द्व सुरु भएको सन् २०११ देखि नै सहयोग पुरयाउँदै आएको छ ।
सिरियाली द्वन्द्वमा परी दुई लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ घाइते भएका छन् ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो