काठमाडौँ, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त गरेका छन् ।
प्रधानमन्त्रीले मन्त्री ज्ञवालीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले राससलाई बताए ।
केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोर प्रसारण लाइन निर्माणमा मन्त्री ज्ञवालीले अनियमितता गरेको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
आजै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विवादित व्यक्तिलाई नियुक्त गरिएको विषयमा आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा